जनकपुर सौन्दर्यीकरणका लागि भारत सदैव तत्पर : राजदूत पुरी

जनकपुर सौन्दर्यीकरणका लागि भारत सदैव तत्पर : राजदूत पुरी

जनकपुरधाम – नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले जनकपुरधामको सौन्दर्यीकरणका लागि भारत सरकार सदैव तत्पर रहेको बताएका छन् ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साहसँग भेटघाटको क्रममा उनले सो कुरा बताएका हुन् ।

जनकपुरधाममा भइरहेको विकास निर्माणका लागि राजदूत पुरीले मेयर साहलाई बधाई दिएका छन् । उनले जनकपुरधाम र भारत बीचको सम्बन्ध पौराणिक राहेकोले यहाको विकास निर्माणमा सहयोग गर्न भारत तयार रहेको बताएक थिए ।

राजदूत पुरी र मेयर साहबीच भएको भेटघाटमा विवाहपञ्चमीमा यूपिका मुख्यमन्त्री योगी आदित्य नाथको जनकपुरधाम भ्रमण, जनकपुरधाममा भइरहेको विकास निर्माण र क्रिकेट स्टेडियमको विषयमा कुराकानी भएको नगरपालिका स्रोतले जनाएको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *