डाक्नेश्वरीमा भ्रष्टाचार भएको भन्दै सदस्यहरुद्वारा विशेष सभाको माग

डाक्नेश्वरीमा भ्रष्टाचार भएको भन्दै सदस्यहरुद्वारा विशेष सभाको माग
राजविराज – डाक्नेश्वरी नगरपालिकामा भ्रष्टाचार भएको विषयलाई लिएर जनप्रतिनिधि बिच विवाद हुन थालेको छ ।
नगरपालिकाका जनप्रतिनिधि तथा सदस्यहरुले २०७५\६\२० मा सभाको निर्णय रोक्का राखी विशेष साधारण सभा बोलाईदिने सम्बन्धमा नगरपालिका समक्ष निवेदन दर्ता गराईएको थियो । निवेदनमा ५५ जना जनप्रतिनिधि मध्येबाट  ३८ जनाको हस्ताक्षरले विशेष सभा बोलाउने निर्णय गरी सो निवेदन पेश गरेको नगरपालिकाका सदस्यहरुले जानकारी दिएको छ ।
नगरपालिकामा कर्मचारी भर्ना विकासीय काम, सामाजिक सुरक्षा भत्ता, कृषि कार्यक्रम, लक्षित वर्ग कार्यक्रम, स्वास्थ्य कार्यक्रम लगायतका क्षेत्रमा ३ करोड भन्दा माथि भ्रष्टाचार भएको भन्दै २०७५\३\२६ र २०७५\३\२८ मा भएको निर्णयहरु तथा कार्यालय सहयोगी, कर्मचारी भर्ना एवं शिक्षा नियमावली सहितको निर्णयलाई रोक्का राखी विशेष सभा बोलाई सो निर्णयहरुलाई कार्यान्वयनमा ल्याउन सदस्यहरुले विशेष सभा बोलाई कार्यान्वयन गर्न माग गरेका छन् । तर नगरपालिकाका प्रशासकिय अधिकृत तथा केही पदाधिकारीहरुले त्यसलाई कानुन वितपरित नजर अन्दाज गरेको नगरपालिकाका सदस्यहरुको ठहर छ ।
विगतका आर्थिक वर्षहरुमा माटो तथा ग्राभेल, ढलान निर्माणको कामहरुमा व्यापक भ्रष्टाचार भएको समाचार प्रसारण प्रकाशन भइसकेको थियो ।
Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *