डा. सिके राउतको सहयोगी माथि राज्य विप्लव मुद्दा

डा. सिके  राउतको सहयोगी माथि राज्य विप्लव मुद्दा

राजविराज – स्वतन्त्र मधेश गठबन्धनका सप्तरी संयोजक तथा डा. सिके राउतको सहयोगी सुरेन्द्र शर्मा मधेशीमाथि सप्तरी प्रहरीले राज्य विप्लवको मुद्दा चलाएको छ ।
राजविराज नगरपालिका वडा नम्वर–७ खरसाल टोल स्थित आफ्नै निवासबाट गत शुक्रवार अपरान्ह जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेका थिए । प्रहरीले घरभित्र प्रवेश गरी मधेशीलाई पक्राउ गरिएको थियो ।
प्रहरी हिरासतमा रहेका उनीमाथि राज्य विप्लवको मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाईएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिए । यसैबीच प्रहरी टोलीले आइतवार दिउँसो मधेशीको घर खान तलासी गरेको परिवारजनले बताएका छन् ।
यसैबिच गत शुक्रवार राजविराज–६ स्थित खरसालमा बनाईएको गठबन्धनका केन्द्रीय संयोजक राउतको मूर्ती लग्ने क्रममा रुपनी गाउँपालिका वडा नम्वर–३ हर्दियाका भानु भनिने शर्मालाई समेत पक्राउ गरेर लगेका थिए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *