Breaking News

गूठी भु –माफियालाई तह लगाउने मन्त्री साहको उद्घोष

गूठी भु –माफियालाई तह लगाउने मन्त्री साहको उद्घोष

जनकपुरधाम – प्रदेश २ का भुमी व्यवस्था ,कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले राजनीति भु– माफियाका कारण सार्वजनिक गूठीको , बहुमुल्य जग्गा अबैध भईरहेको बताएका छन ।
जनकपुरमा श्रीराम जानकी भगवान तेली कुट्टीको नव निर्वा्चित संचालक समितिको शपथ ग्रहण तथा पद हस्तान्तरण समारोह कार्यक्रममा बोल्दै मन्त्री साहले संघीय सरकारका कारण गुठीको जग्गा कब्जा भईरहेको बताए । उनले संघिय सरकारले सारथक प्रयास गरेन भने प्रदेश प्रहरी ऐन जस्तै गूठी ऐन बनाएर भु माफियाहरुलाइ तह लगाउने समेत बताए ।
उक्त कार्यक्रममा प्रदेश नम्बर दुईका सांसद सुरिता साहले बैश्य समुदायले व्यत्तिक्तहरु चंदा दाता मतदाता मात्र नभ वनी राजनिती पहुच बढाउनु पर्नेमा जोड दिए । सोही कार्यक्रममा जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष ललित साहले राम जानकी तेली कुट्टीको विकासका लागि व्यापार संघ सदैब अग्रपंक्तिमा रहेर काम गर्ने प्रतिबद्वता व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा बिहार सरकारका पुर्ब बिधायक संजय गुप्ताल नेपाल भारतको संबन्धलाई प्रगाढ बनाउन दुबै देशको जनतालाई सहज हुने काम गर्नु पर्ने बताए । राम जानकी तेली कुट्टीका नव निर्वा्चित अध्यक्ष जिबछ साहको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ब राज्य मन्त्री अरबिन्द साह,राजपाका केन्द्रिय सदस्य संजय साह,जनकपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह,उपाध्यक्ष सुरेन्द्र कुमार भण्डारी , महासचिव जितेन्द्र महासेठ,गौसरक्षण मन्च नेपालका अध्यक्ष जगदीश महासेठ,राम युवा कमिटीका अध्यक्ष उपेन्द्र ठाकुर ,महासचिव सरोज साह, तेली कल्याण समाज नेपाल धनुषाको अध्यक्ष रामप्रकाश साह लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *