Breaking News

वीरगंज नाकाबाट ७५ करोड भन्दा बढीको पुजा सामग्री आयात

वीरगंज नाकाबाट ७५ करोड भन्दा बढीको पुजा सामग्री आयात

बीरगंज – नेपालको प्रमुख नाका वीरगंज भन्सार नाकाबाट तिहार, छठ पर्वलाई लक्षित गर्दै पूजा सामानको आयात ठूलो परिणाममा भएको छ ।
चाडवाडको क्रममा बीरगंज नाकाबाट ७५ करोड ६० लाख ३९ हजार मुल्य बराबरको पुजा सामग्री भित्रिएको वीरगंज भन्सार कार्यालयले जनाएको छ ।
वीरगंज भन्सारबाट तिहारमा प्रयोग हुने टिका, सप्तरंगी, अगरवती, धुप, कपुर, काजु, बदाम, ओखर, पिस्ता, सुपारी, अंजिर, किसमिस, दालचिनी, ल्वाङ्ग लगायतका विभिन्न १३ भन्दा बढी किसिमका पुजा सामग्री भारत तथा तेश्रो मुलुकबाट भित्रिने गरेका छन ।
गतबर्ष सो समयमा ३८ करोड २ लाख ८६ हजार मुल्य बराबरको पुजा सामग्र भित्रिएकोमा यस बर्ष ७५ करोड भन्दा बढीको भित्रिएको वीरगंज भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवले जानकारी दिनुभयो ।
पूजा सामग्रीको आयातबाट वीरगंज भन्सार कार्यालयले झण्डै १७ करोड, २५ लाख, २५ हजार राजस्व सङ्कलन गरेको सुचना अधिकारी यादवले बताउनुभयो ।
यसैविच तिहार, छठ पर्वलाई लक्षित गरेर वीरगञ्ज भन्सार नाका हुँदै विगत केहि दिन यता फलफूल आयातमा वृद्धि भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयले वीरगंज नाकाबाट केहि दिन यता ५ करोड ३० लाख मुल्य बराबरको केरा र स्याउ भित्रिएको छ । तिहारमा वीरगंज नाकाबाट भित्रिएको भारतीय केरा तथा स्याउ हेटौडा, नारायणगढ लगायतका बजारहरुमा जाने गरेको व्यवसायिहरुले बताएका छन् ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *