Breaking News

भाईटिकालाई लक्षित गर्दै २ करोडको फुल आयात

भाईटिकालाई लक्षित गर्दै २ करोडको फुल आयात

बीरगंज – लक्ष्मी पुजा तथा भाई टिकालाई लक्षित गर्दै मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालयबाट मंगलबार सांझ सम्म झण्डै २ करोड मुल्य बराबरको फूल आयात भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले मंगलबार सांझ सम्म वीरगंज नाका हुदै भारत तथा तेश्रो मुलुकबाट फुल आयात भएको जानकारी दिए । लक्ष्मी पुजामा विशेष गरी ढोका, गेट,द्वार, औद्योगिक प्रतिष्ठान, घर सजाउनका लागि सयपत्री, गोदावरी, कमल, मखमली लगायतका फुलहरु तथा सजावटका लागि प्लाष्टिक र कपडाका फुल समेत ठुलो परिणाममा भित्रिएको यादवले बताए ।
सजावटका लागि प्रयोग गरिने कृतिम रेडिमेट प्लाष्टिक र कपडाका फुलहरु चीनबाट आयात हुने र प्राकृतिक फुल भारतको कोलकता, पटनाबाट आयात भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ ।
वीरगंज भन्सार कार्यालयले २ करोड मुल्यको फुल आयातबाट आज सांझ सम्म झण्डै १० लाख राजस्व समेत संकलन गरेको यादवले बताउनु भयो ।
यस बर्ष मुलुकमै फुल उत्पादन बढी भएको र गत बर्षको तुलनामा फुलको आयातमा कमी आएको वीरगंज भन्सार कार्यालयले जनाएको छ ।
गत बर्ष वीरगंज नाकाबाट दिपावलीको अवसरमा झण्डै ४ करोडको फुल आयात भएको थियो ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *