Breaking News

अवैध हुण्डी कारोबारी १५ लाख नगद सहित पक्राउ

अवैध हुण्डी कारोबारी १५ लाख नगद सहित पक्राउ

बीरगंज – अवैध हुण्डीको कारोवार गरेको आरोपमा प्रहरीले वीरगंजको आदर्शनगरबाट साढे १५ लाख नगद सहित दुई जनालाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर १० पवन कुमार सर्राफको घरमा छापामारी अवैध रुपमा वित्तिय कारोवार हुण्डी संचालन गरेको आरोपमा पवनका छोरा ३२ बर्षिय ज्ञानेन्द्र सर्राफ र पर्सा जिल्ला धोविनी गाउँपालिका वडा नम्बर ५ बस्ने ३० बर्षिय इम्तियाज आलमलाई १५ लाख ५१ हजार नगद रुपैया सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
छापामारी गर्ने क्रममा घटना स्थलबाट पक्राउ गरिएका व्यक्तिहरुको साथबाट नगद जम्मा गरेको तथा खाली सादा विभिन्न बैकका भौचरहरु, विभिन्न बैंकहरुको सादा चेकबुकहरु समेत बरामद गरिएको र बरामद गरिएको नगद, चेकबुक सहित अभियुक्तहरुलाई आज थप कारवाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाईएको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताउनु भयो ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *