Breaking News

सप्तरीमा पहिलो पटक नागरिक सम्मेलन सुरु

सप्तरीमा पहिलो पटक नागरिक सम्मेलन सुरु

राजविराज – गैरसरकारी संस्थाहरू नाफामूलक र व्यावसायिक भएको आरोप लागिरहेका बेला त्यस्ता आरोपलाई चिर्न,सप्तरीमा पहिलो पटक नागरिक सम्मेलन सुरु भएको छ । गैरसरकारी संस्था महासंघले आफनो नवौं अधिवेशनको अवसर पारी दुई दिने नागरीक सम्मेलनको आयोजना गरेको हो ।
प्रदेश २ का कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री शैलेन्द्रप्रसाद साहले सम्मेलनको उद्घाटन गरे । उद्घाटन गर्दै मन्त्री साहले गैरसरकारी संस्थाहरु उद्देश्य अनुसार काम गर्दै जादा सबैको लक्ष्य पुरा हुने बताए ।
आइतबारसम्म चल्ने सम्मेलनमा नागरिक स्तरमा रहेको धारणा र गुनासो संकलन गरी गैरसरकारी संस्थालाई विकास–निर्माण तथा समाजिक रुपान्तरणका काममा सहभागी गराउने र गैरसरकारी संस्थाका चुनौती पहिचान गरी त्यसलाई सामना गर्ने विषयमा छलफल हुने आयोजकले जनाएका छन् ।
सम्मेलनमा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सम्वन्धित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक अगुवा, दलित तथा जनजातिका प्रतिनिधिहरु, पत्रकार, नागरिक समाजका प्रतिनिधि, उद्योग वाणिज्य संघ, राजनीतिकर्मी लगायतलाई सहभागी गराइएको छ । उनीहरुको सुझाव संकलन गरी आगामी दिनमा गैससलाई कसरी अगाडि बढाउने भन्ने विषयमा खाका तयार गरिने गैरसकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए ।
गैसस आफ्नो मौलिक सिर्जनात्मक प्रणालीमा भन्दा दाताहरूको प्रणाली, इच्छा र सर्तका आधारमा सञ्चालित हुने गरेको विषयलाई प्राथमिक्ताका साथ उठाइएको कार्यपत्र माथिको छलफलपछि आगामी दिनमा गैससलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भईरहेको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *