Breaking News

मुुलुक आर्थिक क्रान्तिका लागि अगाडी बढयो : उपप्रधानमन्त्री पोखरेल

मुुलुक आर्थिक क्रान्तिका लागि अगाडी बढयो : उपप्रधानमन्त्री पोखरेल

वीरगंज – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले मुुलुक राजनीतिक क्रान्तिको चरण पुरा गरि आर्थिक क्रान्तिका लागि अगाडी बढेको बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी वाराको पार्टी कार्यालयको आज कलैयामा उद्घाटन गर्नु हुदै उपप्रधानमन्त्री पोखरेलले अब सबै राजनीतिक दल मुलुकको समृद्धिका लागि एक जुट हुनु पर्ने कुरामा जोड दिनुभयो ।
उहाँले नागरिकताको विषयमा केही राजनीतिक दलले भ्रम छर्दै हिडेको बताउदै नेपालमा जन्मिएका नेपालीलाई नागरिकता पाउन कुनै अप्ठ्यारो नरहेको बताउनु भयो । उहाँले अझै कतिपय कानुन निर्माण नभएको हुँदा तिन तहकै सरकारलाई काम गर्न अप्ठ्यारो परेको कुरामा जोड दिदै मुलुक संचालनका लागि आवश्यक पर्ने सबै कानुन बनाएर कामलाई प्रभावकारी बनाउने गृहकार्यमा सरकार जुटेको बताउनु भयो ।
उहाँले कम्युनिष्ट पार्टीको झण्डै दुई तिहाई बहुमत सँगै मुलुकमा अहिले अस्थिर राजनीति समाप्त भएको छ भन्नु हुदै अहिलेको सरकारले जनभावनालाई कदर गर्दै जनचाहना अनुरुप अगाडी बढने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
नेपाल कम्युनिष्ट पार्टी वाराका अध्यक्ष बलविर चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डल, केन्द्रिय सदस्य प्रभु साह, सिता गुरुङ्ग, ज्वाला साह, दिनेश राई, पुरुषोत्तम पौडेल, सुन्दर विश्वकर्मा लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *