Breaking News

सरकारी कर्मचारीको दसैं, पेस्कीमामात्रै ६ अर्ब

सरकारी कर्मचारीको दसैं, पेस्कीमामात्रै ६ अर्ब

काठमाडौं– सरकारी कर्मचारीलाई चाडबाड खर्चस्वरुप दसैं पेस्कीमामात्रै साढे ६ अर्ब रुपैयाँ खर्च हुने भएको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार झन्डै साढे ५ लाख सरकारी ढुकुटीबाट तलब खान्छन्। उक्त संख्याका कर्मचारीलाई चाडबाड खर्चस्वरुप पेस्की उपलब्ध गराउँदा साढे ६ लाख रुपैयाँ खर्च हुुने कार्यालय बताउँछ।

निजामती कर्मचारी, सुरक्षा निकायका कर्मचारी, शिक्षक, करारका कर्मचारी र पेन्सनधारीसमेतले यस्तो पेस्की बुझ्छन्। यी सबैको संख्या पाँच लाख ५६ हजार छ।

अहिले निजामति कर्मचारीको संख्या ८० हजारको हाराहारीमा छ। त्यस्तै सेनाको संख्या ९५ हजार, सशस्त्र प्रहरी ३५ हजार र नेपाल प्रहरी ६५ हजार छन्।

यसबाहेक मुलुकभर शिक्षकको संख्या डेढ लाख छ। पेन्सनधारीको संख्या पनि करिब एक लाख छ। गत वर्षदेखि सरकारले करारका कर्मचारीलाई पनि दसैं पेस्की दिन थालेको छ। स्थानीय तहको चुनाव भएसँगै पेस्की वितरण गर्नुपर्ने सरकारी पदाधिकारीको  संख्या अरु बढेको छ। जनप्रतिनिधिहरूले भने यस्तो खर्च पाउने व्यवस्था छैन।

‘राज्यको ढुकुटीबाट तलब खाने सरकारी कर्मचारीले नियमित तलब बराबरको थप एक महिनाको तलब चाडवाड खर्चका रुपमा पाउँछन्,’ कार्यालयका प्रवक्ता जगन्नाथ देवकोटा भन्छन्, ‘यस्तो रकम अर्थ मन्त्रालयले बजेट विनियोजन दिँदा एक महिना थपेर सम्बन्धित निकायलाई दिएको हुन्छ, त्यहींबाट कर्मचारीले रकम पाउँछन्।’ अन्य धर्मका र दसैं नमान्नेले आफूलाई अनुकुल हुने समयमा यस्तो रकम लिन सक्ने व्यवस्था छ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *