ग्लोबल मधेसी एसोसिएसनको कार्यक्रममा मधेसको पर्यटन बारे चर्चा

ग्लोबल मधेसी एसोसिएसनको कार्यक्रममा मधेसको पर्यटन बारे चर्चा

राजविराज – विश्वभरी छरिएर रहेका मधेसी समुदायको छाता संगठन ग्लोबल मधेसी एसोसिएसनले यहि साता काठमाडौँमा आयोजना गरेको मधेसको समृद्धिका लागि विभिन्न आयाम, चूनौती र अवसरको बारेमा वृहत अन्तरक्रिया कार्यक्रम गरेको छ । जसमा भिजिट मधेस अभियानका बारेमा चर्चा गरिएको छ ।
सोमवार काठमाडौंमा आयोजिक कार्यक्रममा विभिन्न क्षेत्रका विशेषज्ञहरुले मधेसको वर्तमान साधन श्रोत, अवसर र चूनौतीको बारेमा प्रकाश पार्दै मधेसको विकासमा सबैको भूमिकाका विषयमा जानकारी गराएका थिए भने वीरगंजबाट गएको भिजिट मधेसको टोलिले मधेस भित्र आन्तरिक र बाहरी पर्यटन सम्भावनाका बारेमा चर्चा गरेको थियो ।

ग्लोबल मधेसी एसोसिएसनका अध्यक्ष डा. बिनोद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंजबाट भिजिट मधेसका नेपाल प्रमुख ओमप्रकाश सर्राफको नेतृत्वमा गएको टोलिले मधेसमा हुन् सकेन आन्तरिक र बाहरी पर्यटन पर्यटनका बारेमा चर्चा गर्दै मधेसमा पर्यटनका बारेमा गरेको अध्यन बारे प्रस्तुति समेत् गरेको थियो ।

कार्यक्रममा भिजिट मधेसका वारेम प्रस्तुति गर्दै अभियानका नेपाल प्रमुख ओमप्रकाश सर्राफले मधेसका २२ जिल्ला जोड्दै पर्यटन सम्भावनाका बारे अध्ययन गर्न हरेक जिल्लामा टोलि तैयार गरिएको जानकारी गराउदै हाल सम्म जानकारीमा आएका जिल्लाका पर्यटकीय स्थलका बारेमा विस्तृत रुपमा बताएका थिए । सर्राफले नेपाल सरकारद्वारा संचालित भिजिट नेपाल अभियानले मधेसका पर्यटकीय स्थलहरुको उपेक्षा गरेको बताउदै मधेसमा पर्यटन विकासका लागि बजेट समेत कम छुट्याउने गरेको आरोप लगाएका थिए ।

उनले भिजिट मधेस अभियानले मधेसमा समृद्धि ल्याउनका साथै यहाँको परमपारा, रितिरिवाज, धर्म, संस्कृति आदि लगायातको प्रवर्दनमा समेत सहयोग गर्ने बताए । ‘भिजिट मधेस अभियानले मधेसका २२ जिल्लामा रहेको पर्यटकीय स्थलहरुमा कसरि धेरै भन्दा धेरै पर्यटक भित्र्याएर मधेसको विकासमा टेवा पुर्याउन सक्छ भन्ने आशा गरेको छ, सर्राफले भने ‘यसले मधेसमा रोजगारीको अवसर सृजना गर्ने देखि मधेसका बारेमा विश्व भरि रहेको भ्रमलाई चिर्दै यहाँको धनि सभ्यताका बारे विश्व स्तरमै जानकारी गराउन समेत सहयोग गर्ने छ ।’

विश्वभरि प्रसिद्ध रहेका मधेसका केहि पर्यटकीय स्थानहरुको नेपाल सरकारको पर्यटन मन्त्रालयले आफ्नो अभियानमा चर्चा समेत नगर्ने गरेको आरोप लगाउदै सर्राफले भिजिट मधेसको प्रमुख उदेश्य नै मधेसका ज्ञात अज्ञात सम्पूर्ण पर्यटकीय स्थलका बारे अन्तर्रा्ष्ट्रिय स्तरमा प्रचार प्रसार गरि पर्यटक भित्र्याउनु रहेको भनेका थिए ।

भिजिट मधेस अभियान देश विदेशमा रहेका मधेसी समुदायका केहि युवा तथा व्यवसायीहरुको सहयोगमा संचालन भईरहेको सर्राफले जानकारी गराउदै भावी रणनित र कार्ययोजनाका बारेमा समेत चर्चा गरेका थिए । ‘अभियानको प्रथम वर्षमा हामि मधेसका विभिन्न जिल्ला पुगेर अध्ययन गर्ने क्रममा छौं, हरेक जिल्लाका प्रमुख पर्यटकीय स्थलहरुका वारेम धेरै भन्दा धेरै जानकारी जम्मा गरेर त्यसलाई समायोजन गर्दै छौं र डिजिट्लाईजेसन समेत गर्ने प्रयासमा छौं, सर्राफले बताए, ‘अर्को वर्ष देखि हामि विदेशमा रहेका मधेसी समुदायकै व्यक्तिहरुको सहयोगमा पर्यटक भित्र्याउने प्रयास गर्ने छौं र अभियानलाई निरन्तरता दिएर हरेक वर्ष मधेसमा कमसे कम १० लाख पर्यटक भित्र्याउने योजनामा छौं ।’

अन्तर्रा्ष्ट्रिय स्तरमा अमेरिकाबाट राज सर्राफले नेतृत्व गरिरहेको अभियानमा संलग्न टोलिले मधेसमा रहेका हरेक जिल्लामा अहिले पर्यटकिय स्थलको सम्भावना अध्ययन गरिरहेको ओमप्रकाश सर्राफले बताए । उनले छिटै पर्यटकिय स्थलको पूर्ण जानकारी सहितको भिजिट मधेसको डिजिटल वेबसाईट र मोबाईल एप समेत तैयार हुने जानकारी समेत गराएका थिए ।

कार्यक्रममा डा. नागेन्द्र प्रसाद यादवले मधेसमा रहेको बन विनाश र यसको प्रभाव र असरका बारे विस्तृत जानकारी गराउँदै यसको रोकथामको बारेमा प्रेपर प्रस्तुत गरेका थिए भने डा. किशोर कुमार झाले क्षेत्रियताको विकास र स्र्माट सिटीको बारेमा चर्चा गर्दै राज्यले मधेसको सहरी विकासमा ध्यान नदिएको भन्दै यसको विकास हुनुपर्नेमा जोड दिनु भएको थियो ।

त्यस्तै, डा. आनन्द सिंहले मधेसको प्राविधिक योजना तथा पुर्वाधार निर्माणको बारेमा योजना प्रस्तुत गर्दै मधेस पुर्वाधार निर्माणका लागि पछि परेको भन्दै यस क्षेत्रमा ग्लोवल मधेशी समुदायको भूमिका अपरिर्हाय रहेको बताउनु भयो ।

कार्यक्रममा चर्चित युवा तथा युथ एसियाका अध्यक्ष सन्तोष साहले मधेसको सर्वा्ङ्गिक विकासका लागि ग्लोबल समुदायको भूमिका महत्वपूर्ण रहेको बताउँदै ढिलै भए पनि ग्लोबल मधेसी एसोसिएसनले यसको नेतृत्व लिएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले नेपालबाट आफुले ग्लोबल मधेसी समुदायका लागि गर्नु पर्ने सहयोगका लागि हरदम तयार रहेको समेत बताउनुभयो ।

कार्यक्रममा सहभागि हुनु भएका व्यक्तीहरुले पनि आ आफनो विचार राखेका थिए । सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, महिला जागरण लगायतको क्षेत्रमा ग्लोबल मधेसी समुदायको भूमिका महत्वपूर्ण रहेको उहाँले मधेसमा जनता ग्लोबल मधेसी समुदायबाट ठुलो अपेक्षा राखेको बताए ।

कार्यक्रममा चर्चित राजनीतिक विश्लेषक सिके लाल, विभिन्न राजनीतिक दलका नेता, अधिवक्ता, पत्रकार, विभिन्न क्षेत्रमा कार्यरत रहेका ३ सय ५० भन्दा बढी व्यक्तीहरुको विशेष उपस्थिती रहेको थियो । सहभागिहरुले अगामी दिनमा पनि ग्लोबल मधेशी एसोसिएसनले मधेशमा जिल्लामा पनि यस्ता कार्यक्रमहरु गर्दै जानु पर्ने सुझाएका थिए ।

कार्यक्रमको समापन गर्दै ग्लोबल मधेसी एसोसिएसनका अन्तर्रा्ष्ट्रिय अध्यक्ष डा. बिनोद साहले मधेसको विकासको लागि ग्लोबल मधेसी समुदाय काम गर्न इच्छुक रहेको बताउँदै यसका लागि सबै पक्षबाट सहयोगको लागि आव्हान गर्नुभयो । उहाँले आफुहरु राजनीतिक विषय भन्दा पनि विकासको क्षेत्रमा मधेसमा काम गर्न चाहेको स्पष्ट पार्दै अब मधेको समृदिको लागि एकताबद्ध भएर लाग्नुको विकल्प नरहेको आग्रह गर्नुभयो । उहाँले विभिन्न देशमा रहेको ग्लोबल मधेसी समुदायलाई एक ठाँउमा ल्याएर उनीहरुले आर्जनको गरेर ज्ञान, शिप र लगानीलाई मधेसको विकासका लागि ग्लोबल मधेसी एसोसिएसनको गठन भएको जानकारी गराउँदै यसको विभिन्न देशमा अब शाखा विस्तार गरेर थोर थोरै श्रम र शिपबाट आर्जन गरेको पैसा मधेसमा लगानी गरी सम्मुनत मधेसको निर्माणमा योगदान दिन आफु तयार रहेको बताउनु भयो । कार्यक्रम ग्लोबल मधेसी एसोसिएसनका नेपाल संयोजक पत्रकार अनन्त अनुरागले गरेका थिए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *