यौनजन्य अपराधविरुद्ध जवाफदेहिता अभियान राजविराजमा सुरु

यौनजन्य अपराधविरुद्ध जवाफदेहिता अभियान राजविराजमा सुरु

राजविराज– विगत केही देखि महिला हिंसा बढ्दै गइरहेको भन्दै विभिन्न पेशा र क्षेत्रका युवा, महिलाहरूले बलात्कार र यौनजन्य अपराधविरुद्ध जवाफदेहिता अभियान प्रारम्भ गरेका छन् ।
राजविराजमा मंगलबार अभियानको प्रारम्भ गर्दै राजनीतिक दल, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी, कानुन व्यावसायी, प्रहरी, गैससकर्मी, तेस्रो लिङ्गी, बाल क्लब, किशोरीहरुले महिला हिंसा, दुव्र्यवहार, विभेदकारी कार्यविरुद्ध एक भएर लाग्ने बताए ।
लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालको नेतृत्वमा स्थानीय महादेव मन्दिरको प्राङ्गणबाट निकालिएको ¥यालीले नगर परिक्रमा गरी नेता चोकमा कोण सभाको आयोजना गरी महिला हिंसाको अभियानको सुरु भएको घोषणा गरे ।
सञ्जालका अध्यक्ष मनोहरकुमार पोखरेलले सप्तरी जिल्लामा नौ महिनाको अवधिमा दुई वर्षीया बालिकादेखि ७० वर्षीया बृद्धासमेत ४० जना बलात्कृत भएको तथ्यांक गुणात्मक तवरले भइरहेकोले यसप्रति राज्य बताउँदै सरकारकै लापवाहीका कारण पटक पटक घटना दोहोरीने गरेको बताए ।
देशको कानून र सरकार नै विभेदकारी रहेकोले बलात्कारका धेरै जसो मुद्दामा ठुलालाई माफी र सानालाई सजाय दिने प्रबृति देखिएको दोहोरो चरित्र अन्त गर्नुपर्ने वक्ताहरुले बताउँदै उच्च पद ओधाका व्यक्तिहरुबाटै महिला बलात्कारका घटनाहरुमा संलग्नता निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नता रहेको बताए ।
कार्यक्रमका वक्ताहरुले परम्परागत धर्म, संस्कृति, मूल्यमान्यता, सोच र चिन्तनमा आमूल परिर्वतन नभएसम्म महिलाविरुद्ध हुने सबै खाले विभेद र हिंसाको अन्त्य नहुने भन्दै मानवअधिकार संस्कृतिको विकासमा जोड दिए । राजनीतिक दललगायत नागरिक समाजमा मानवअधिकारको संस्कृतिको विकास, प्रतिबद्धता र इच्छाशक्तिमा कमी रहुञ्जेल समग्र मानवअधिकारको अवस्था नाजुक र दयनीय रहने भन्दै हिंसाविरुद्ध एकस्वरमा बोल्नु पर्ने आवश्यक्ता औल्याए ।
कार्यक्रममा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष अनीता देवकोटा, प्रहरी निरीक्षक सुजाता तुम्वाहाङ्गफे, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष सुनीता साह, नेपाल पत्रकार महासंघकी प्रदेश समिति सदस्य ललीता साह, अधिवक्ता मनु खनाल, बाल क्लवकी रन्जना चौधरीलगायतले राजनीतिमा भइरहेको चरम अपराधीकरण र अपराधको राजनीतिकरण बन्द गरी दण्डहीनता अन्त्य गर्नुपर्ने बताए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *