बोदे बर्साइनमा कामकाज ठप्प हुँदा सेवाग्राही मार्कामा

बोदे बर्साइनमा कामकाज ठप्प हुँदा सेवाग्राही मार्कामा
लोकेन्द्र कुमार यादव
राजविराज – ईलाका प्रशासन कार्यालय बोदे बर्साइनमा एक साता देखि कामकाज ठप्प हुँदा सेवाग्राही मार्कामा परेका छन् ।
नागरिकताको विषयमा बोदे बर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंह यादव र ईलाका प्रशासन कार्यालय प्रमुख सुशिल कर्ण विच भनाभन भएपछि कामकाज गर्न नसकिने भन्दै कर्णले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइएको  प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
मेयरको आफन्तको नागरिकताको प्रतिलिपि लिन जाँदा ईलाका प्रशासन प्रमुख कर्णले आफ्नो कार्यक्षेत्र भित्र नपर्ने भएकाले गर्न नसकिने बताएपछि भनाभन भएको थियो । मेयरले दुव्र्यवहार गरेकाले आफुलाई काम गर्न वातावरण नभएकोले काम गर्न नसकिने भन्दै जिल्ला प्रशासन कार्यलय समक्ष कर्णले निवेदन दिएका छन् ।
एक सातादेखि ईलाका कार्यालयमा प्रमुख नहुदा हालसम्म कुनै पनि कामकाज हुन नसकेको बोदे बर्साइन नगरपालिका वडा नम्बर १० का वडा सदस्य निलम देवी दासले जानकारी दिए । “उनले भने आफ्नै छोराको नागरिकता बनाउँन जाँदा कार्यालयमा कुनै कर्मचारी नरहेकाले छोराको नागरिकता बनाउन सकिएन ।”
हाल ईलाका प्रशासन कार्यालयमा कामकाज प्रभावित भइरहेको र कार्यरत कर्ण कुनै पनि हालतमा आफु फर्र्किने नसकिने बताएकाले झन समस्या उत्पन्न भएको छ । नेपाल सरकारले अर्को कर्मचारी नपठाउन्जेल सम्म ईलाका प्रशासन कार्यालय प्रभावित हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *