सामुदायिक वनको जग्गा मारुती सिमेन्टको कब्जामा 

सामुदायिक वनको जग्गा मारुती सिमेन्टको कब्जामा 
शिबदयाल यादव 
सिरहा – गोलबजार नगरपालिका अन्तर्गत रहेका सामुदायिक वनको जग्गा मारुती सिमेन्ट कारखानाले कब्जा गर्न खोजेको छ । नगरपालिकाका वडा नम्बर ९ र १० मा रहेका सो जग्गा मारुती सिमेन्ट उद्योगले वन कर्मचारीकै मिलोमितोमा कब्जा गर्न खोजिएको उच्च स्रोतले बताएको छ ।
जोवहा प्राकृतिक सामुदायिक वन उपभोक्ता समूहको मातहतमा रहेका कुल ३१ हेक्टर जग्गा मारुती सिमेन्टले कब्जा गर्न खोजेको हो । सिमेन्ट उद्योगका कर्मचारीहरुले शुक्रवार प्राविधिकको साथमा माटो टेस्ट गर्नका लागि सो जग्गामा आएपछि स्थानीय बासिन्दाहरुले रोकेका थिए । प्रविधिहरुको गाडी सहित मेसिन नियन्त्रणमा लिएका थिए ।
नियन्त्रणमा लिएको मेसिनबारे इलाका वन कार्यालय चोहर्वा धरमपुरका सहायक अधिकृत गंगाराम महतोलाई स्थानीयहरुले जानकारी गराउँदा उनले खासै ध्यान नदिएको स्थानीय रामचन्द्र यादवले जानकारी दिए ।
स्वाइल टेष्ट गर्ने मेसिन, बा १६ च २५८१ नम्बरको बोलेरो, परपसन मेसिन १ थान, टाईपट पाइप ३ फिटको ६ थान, २ फीटको एक थान, कोसिंग पाइप ४ थान, हमर सेट, बेलर चिजेल १ सेट, पाइप रिन्च २ सेट, ड्रम १ सेट, रिन्चको भाँडो १ सेट सहित समानहरु बरामद भएका थिए ।
उक्त उपकरणहरु वन कार्यालयले आफनो जिम्मामा राख्न नमानेपछि मुचुल्का उठाएर स्थानीय, जनप्रतिनिधि र कर्मचारी समेतको रोहबरमा नरहा गाउँपालिका–३ चोहर्वाका राम नारायण यादवको दिइएको थियो ।
तर, दुई दिनपछिको राति एकाएक वन कर्मचारी गंगाराम महतो, गालबजार नगरपालिका वडा नं.९ का वडाध्यक्ष राम पुकार कामती र राम नारायण यादवले स्थानीयलाई थाहै नदिईकन उक्त मेसिनहरु मारुती सिमेन्टलाई फिर्ता गरेपछि स्थानीयमा थप शंका उब्जिन थालेका छन ।
जिम्मा लिएका मेसिन वडा अध्यक्ष राम पुकार कामती लगायतका वन कर्मचारी र केही स्थानीयसँगको छलफलमा मारुती सिमेन्टलाई जिम्मा दिएको रामनारायणको दाबी छ । कसले के लेनदेन ग¥यो भने आफुलाई कुनै कुरा थाहा नभएको उनले दाबी गरे । उनका अनुसार मारुतीले कब्जा गर्न खोजेको जग्गा वनको हो यो जग्गा कब्जा भयो भने वन मासिएर स्थानीयहरुलाई नोक्सानी पु¥याउने छन् ।   वडा अध्यक्ष राम पुकार कामतीका अनुसार त्याहाँका स्थानीय, वन कर्मचारीको रोहबरमा मारुती सिमेन्टका तर्फबाट मनोज श्रेष्ठसँगको अर्को दिन छलफल पछि सो कारखानाले लेटर पेडमा यस वरपर रहेको बनको जग्गालाई कहिले अतिक्रमण नगर्ने लिखित प्रतिबद्धता गरेको वताए । आफनो वडामा रहेको सो जग्गालाई संरक्षण गर्न हरसम्भव प्रयास गर्ने दाबी गरे । यो जग्गा सम्बन्धमा कुनै प्रकारको चलखेल नभएको उनको भनाई छ ।
तर पनि सहमति भएकै दिन मारुती सिमेन्टका मेनेजर मनोज श्रेष्ठसँग प्रतिक्रिया लिन खोज्दा उनले भने ‘यो जग्गा मारुती सिमेन्ट को हो । कसैको बाउको सम्पति छैन् ।’ अपशब्द बोलेको थियो । श्रेष्ठले ‘मेरो पहँुच बारे जान्नुस मलाई कसैले केही गर्न सक्दैन् ।’
जोवहा प्राकृतिक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिलाल यादवले वन क्षेत्रको जग्गा कब्जा गर्ने मनासयले स्वाइल टेस्ट गर्दै गर्दा फेला परेको मेसिन र औजारहरुबारे आफुलाई कुनै जानकारी छैन् । हामीलाई जानकारी नै नदिई फेला परेको गाडि सहित उपकरण फिर्ता गर्नुले शंका उब्जाएको उनको दाबी छ ।
वन कर्मचारीलाई खबर हुँदा समेत घटना स्थलमा नपुग्नु र सो बारे केही चासो नराखी मुकदर्शक बनेको उनको गुनासो छ । वनसँगै रहेको कार्यालयले यसबारे अनभिज्ञता हुनुले नेपाल सरकारको बन कर्मचारीमा लगानी भनेको बालुमा पानी जस्तै भएको उनको धारणा छ । यो बनमा सो मारुती सिमेन्ट उद्योगले पटक पटक अतिक्रमणको प्रयास गर्दै आएको जनाए ।
उनका अनुसार केही दिन पहिला विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपणको लागि पहल गर्दा इलाका बन प्रमुख महतोले सो जग्गामा वृक्षारोपण गर्न भन्दा आलटाल गरेको उनले थपे । यसरी वन कर्मचारीले सिमेन्ट उद्योगसँगै मिलेको कुरा भन्न कठिन छैन ।
जिल्ला बन सहायक अधिकृत अमरेन्द्र यादवका अनुसार आफु खुशी इलाका बन सहायक अधिकृत गंगा राम महतो लगायतका उपस्थितमा मेसिन छोडेकोले यसमा पक्कै रकमको लेनदेन भएको हुन सक्ने दाबी गरे ।
प्रश्नमा इलाका बन प्रमुख महतोले आलटाल गरी सुरुमा मेसिनको बारेमा आफुलाई केही थाहा नभएको अनभिज्ञता जनाए । पछि कागजात अफिसमा नभई घरबाट ल्याई जिम्मा लगाएको कागजात देखाएको थियो ।
नरहा गाउँपालिका वडा नं.३ का वडाध्यक्ष अनिसुल अन्सारीका अनुसार यो जग्गा साविक देखि नै बनको रहेको छ । यसमा हामी कदापी सिमेन्ट कारखानाको अधिपत्य स्विकार नगर्ने वताए । यहाँको प्राकृतिक सम्पदा जोगाउनु पर्ने अति आवश्यक छ ।
यहाँ रहेको कारखानाबाट बाताबरणमा ठुलो असर पुगेको वताए । राजमार्ग देखि ५० मिटरकै दूरीमा रहेको भएतापनि यसप्रति अहिले सम्म कही कसैले चासो नराखेको दुखेसो पोखे । अव आउने सन्ततीलाई समेत यसको दिर्घकालिन असरहरु पर्ने वताए ।
Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *