निर्मला हत्या प्रकरण : छानबिन समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझायो

काठमाडौं– कंचनपुरकी निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित समितिले मंगलबार गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।
गत साउन १० गते बलात्कारपछि हत्या गरिएको १३ वर्षीया बालिका निर्मलाको हत्याबारे छानबिन गर्न बनेको हरिप्रसाद मैनालीको संयोजकत्वको टोलीले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएका छन् ।
पन्तको बलात्कार पछि हत्या भएको विषयमा अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शङ्कास्पद देखिएपछि गृह मन्त्रालयले भदौ ७ मा मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
समितिले गत भदौ ३० मा गृहमन्त्री थापा समक्ष बुझाएको प्रारम्भिक प्रतिवेदनमा प्रहरीको भूमिका कमजोर रहेको भेटिएपछि गृह मन्त्रालयले अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरेको थियो ।
प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको कार्यान्वयन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएका छन् ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *