सप्तरीमा नयाँ प्रहरी प्रमुख आएसँगै यूनिटमा फेरबदल

सप्तरीमा नयाँ प्रहरी प्रमुख आएसँगै यूनिटमा फेरबदल

राजविराज – सप्तरीमा नयाँ प्रहरी प्रमुख आएसँगै यूनिटमा फेरबदल गर्ने काम शुरु भएको छ । जिल्ला प्रहरी कार्यालयदेखि बिभिन्न इलाका प्रहरी कार्यालयमा काम गर्दै आएका र घुमुवाको रुपमा काम गर्नेहरुलाई पनि अन्यत्र सरुवा गरेर बाहिरबाट बोलाइएको छ ।

तीन साताअघि नयाँ प्रहरी प्रमुखको रुपमा राजेन्द्र बिष्ट आएपछि सप्तरी प्रहरीभित्र फेरबदल गरिएको छ । जिल्ला प्रहरी कार्यालयसहित बिभिन्न यूनिटमा काम गर्ने प्रहरीलाई प्रदेशका अन्य जिल्लामा पठाइएको छ । दरबन्दी सप्तरीमै भएपनि कसैलाई वारा, कसैलाई रौतहट, कसैलाई प्रदेश प्रहरी कार्यालय जनकपुर पठाइएको छ ।
श्रोतका अनुसार १३ जना प्रहरीलाई सप्तरीबाट अन्यत्र सरुवा गरिएको छ । यीमध्ये तीन जना प्रहरी नायव निरीक्षक, केहि प्रहरी सहायक निरीक्षक र अन्य प्रहरी हबल्दार र जवान छन् । सरुवा गरिएका एक जना जुनियर प्रहरी अधिकृतका अनुसार आफ्नो दरबन्दी सप्तरीमै भएपनि एक्कासी बाहिर पठाएको छ । एकाएक बाहिर पठाउनुको कारण पनि केहि नखुलाइएको उनको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी प्रमुख उपरीक्षक राजेन्द्र बिष्ट आफूले सरुवा नगरेको बताउँछन् । उनले प्रदेश प्रहरी कार्यालयले पत्राचार गरेर उनीहरुलाई सरुवा गराएको दावी उनको छ ।
यद्यपी सरुवा भएका प्रहरीहरुले अन्यत्र दरबन्दी भएर बर्षौदेखि एकै ठाउँमा बस्दै आएकालाई आफ्नो दरबन्दीमा पठाउनुभन्दा यहीँ दरबन्दी भएकालाई सरुवा गरिनुले प्रहरीभित्र पनि काखापाखा रहेको बताउँछन् । उनीहरुले प्रहरी अधिकृतका निकटतम र सोर्स भएकाहरु बर्षौदेखि एकै ठाउँमा बस्दै आएपनि केहि फरक नपरेपनि दरबन्दी भएको ठाउँमा एक बर्ष मात्र बसेको अवस्थामा समेत सरुवा गरिनुले प्रहरी संगठनमा सोर्स भएकाहरुकै हालीमुहाली झल्किने गरेको बताउँछन् ।
जिल्ला प्रहरी प्रमुख बिष्ट भने एकै ठाउँमा धेरै दिन बसेका कारण प्रदेशले सरुवा गरेको हुन सक्ने बताउँछन् । ग्रिन मधेशबाट 

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *