मधेशबादी दललाई प्रदेश १ सरकारको चेतावनीः कालो दिवस मनाए कारबाही गर्ने

मधेशबादी दललाई  प्रदेश १ सरकारको चेतावनीः कालो दिवस मनाए कारबाही गर्ने

विराटनगर । संविधान दिवस (असोज ३) लाई कालो दिवस मनाउनेलाई प्रदेश १ सरकारले कारबाही गर्ने चेतावनी दिएको छ ।

मधेशबादी दलले संबिधान दिवसलाई कालो दिनका रुपमा मनाउने अभिव्यक्ति दिएका बेला प्रदेश १ सरकारले त्यस्ता दल र व्यक्तिविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएको हो ।

प्रदेश स्तरीय संविधान दिवस मनाउने विषयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले संविधान दिवसका विरुद्ध गरिने कार्यक्रम प्रदेश सरकारका लागि कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।

‘संविधानको विरोध गर्ने कुनै पक्षलाई छुट संविधानले दिदैन त्यसैले उनीहरुमाथि आवश्य कार्वाही हुनेछ,’ मन्त्री कार्कीले भने, ‘चाहे सिके राउत होस या अन्य ।’

प्रदेश सरकारले संविधान दिवशको अवसरका तीन दिन विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको छ । त्यसका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *