Breaking News

पार्टी सुदृढिकरणका लागि स्थानीय स्तरमा नेता परिचालन गरिनेः सभापति यादव

राजविराज – गत चुनावमा नेपाली काँग्रेस हार व्यहोर्नु परेकोले अगामी दिनमा सुधार गरी अगाडी बढनुपर्ने एक कार्यक्रममा वक्ताहरुले बताएका छन् ।
सप्तरीको क्षेत्र नं. ४ को डाक्नेश्वरी नगरपालिका–३ स्थित बनौला गाउँमा बुधवार आयोजित कार्यकर्ता बृहत भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले गत चुनावको समिक्षा गर्दै पार्टी कमजोर भईरहेको बेला नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायत भातृ निकायहरुलाई सुदृष्ढिकरण गर्न कार्यकर्ता परिचालन गर्ने बताए ।
उनले भने– स्थानीय तहको निर्वाचन पश्चात गाउँपालिका नगरपालिकामै जनप्रतिनिधिबाट संचालित रहेको र अधिकांश जनताहरुको चाहना अनुरुप काम भईरहेको छैन् । चौतर्फि रुप गुनासो आइरहेको र व्यापक रुपमा भ्रष्टाचार भइरहेकोले भन्डाफोर कार्यक्रमलाई अघि बढाउने स्थानीय स्तरका नेता कार्यकर्तालाई निर्देशन दिए ।
स्थानीय नेता टेक नारायण यादवको अध्यक्षतामा सम्पन्न भेलामा नेपाली काँग्रेसका प्रदेश सभाका प्रत्यासी उम्मेदवार भगवती प्रसाद यादव, क्षेत्र नं. ४ का क्षेत्रीय सभापति राम प्रसाद मंडल, डाक्नेश्वरी नगरपालिकाका स्थानीय नेता  नारायण यादव, शिक्षक संघका भागेश्वर यादव, ने.वि.संघ सप्तरीका जिल्ला सचिव विजय यादव लगायतले पार्टीलाई सुदृढिकरण गर्नु पर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी स्थानीय नेता गुन्जेश्वर साहको नेतृत्वमा ३ सय जना नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेको छ ।
Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *