Breaking News

मधेश आन्दोलनमा खुट्टा गुमाएकालाई ३ लाख राहत

मधेश आन्दोलनमा खुट्टा गुमाएकालाई ३ लाख राहत
राजविराज – प्रदेश नंं. २ का कृषि तथा सहकारी मन्त्रीले मधेश आन्दोलनमा घाइते भएका परिवारलाई राहत उपलब्ध गराएको छ । सरकारले मधेश आन्दोलनका शहिद परिवार तथा घाईतेको विषयमा गरेको निर्णय अनुसार सो रकम उपलब्ध गराएको हो ।
प्रदेश सरकारले बुधवार तेश्रो मधेश आन्दोलनमा खुट्टा गुमाएका सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–३ भारदहका श्रवणकुमार झालाई ३ लाख राहत रकम उपलब्ध गराएको हो ।
प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले घाईते २५ वर्षीय झालाई प्रदेश सरकारले उपलब्ध गराएको राहत रकमको चेक हस्तान्तरण गरेका छन् । चेक हस्तान्तरण गर्दै मन्त्री साहले आन्दोलनका क्रममा शहिद भएकाको परिवार र घाईतेकाहरुको जीवनयापन सहज गर्न प्रदेश सरकार सक्रियताका साथ कार्यमा लागेको बताए ।
उनले मधेशी जनताको हक अधिकार सुनिश्चित गर्नु नै प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेकोले यसैमा लागेरअघि बढेको बताए ।
२०७२ मंसिर ५ गते आन्दोलनको क्रममा प्रहरीको गोली झाको दायाँ खुट्टा लागेपछि उपचारको क्रममा उनको खुट्टा काट्नु परेको थियो । राहत रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, संघीय समाजवादी फोरम नेपालका नेता विनोद माझी, स्थानिय सञ्चारकर्मी गंगा साह, रामसेवक यादवलगायतको सहभागीता थियो ।
Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *