Breaking News

सप्तरीमा ६० करोड ६६ लाख ५४ हजार फ्रिज

सप्तरीमा ६० करोड ६६ लाख ५४ हजार फ्रिज

सप्तरी – आर्थिक वर्ष २०७४ र ०७५ मा सप्तरीको ६० करोड ६६ लाख ५४ हजार ६१५ रुपैयाँ बजेट फ्रिज भएको छ ।
सप्तरीमा चालुतर्फ ९ अर्ब ४५ करोड ८६ लाख ८ हजार ९८६ तथा पुँजीगत २ अर्ब ३८ करोड ६२ लाख २ हजार गरी कुल ११ अर्ब ८४ करोड ४८ लाख १० हजार ९८६ रुपैयाँ विनियोजन भएको थियो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार विनियोजित बजेटमध्ये ११ अर्ब २३ करोड ८१ लाख ५६ हजार ३७० रुपैयाँ निकासा भएकोमा १० अर्ब ६३ करोड १५ लाख १ हजार ७५५ रुपैयाँ खर्च भई बाँकी ६० करोड ६६ लाख ५४ हजार ६१५ रुपैयाँ बजेट फ्रिज भएको हो।
चालुतर्फ ४४ करोड २६ लाख ६५ हजार ४०९ र पुँजीगततर्फ १६ करोड ३९ लाख ८९ हजार २०६ रुपैयाँ फ्रिज भएको कार्यालय प्रमुख पूर्णराज कार्कीले बताउनुभयो । यस्तै सप्तरीमा अघिल्लो आवको तुलनामा राजस्व संकलन पनि घटेको छ । आव ०७४ र ०७५ कुल ५७ करोड १८ हजार ३७१ रुपैयाँ राजस्व संकलन भएको छ । आव ०७३ र ७४ को तुलनामा यो रकम ९९ लाख ७८ हजार ७५२ ले कमी हो । आव ०७३र७४ मा कुल ५७ करोड ९९ लाख ९७ हजार १२३ रुपैयाँ राजस्व संकलन भएको थियो।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *