Breaking News

मधेसमा राखीको रौनक, प्रदेश २ मा सार्वजनिक विदा

मधेसमा राखीको रौनक, प्रदेश २ मा सार्वजनिक विदा

राजविराज – तराई मधेशका जिल्लामा दिदीबहिनी तथा दाजुभाइको प्रेमको प्रतीक मानिएको राखी पर्व धुमधामकासाथ मनाइँदै छ ।

आज दिदी-बहिनीले दाजु-भाइलाई नाडीमा राखी बाँधिदिने प्रचलन छ । दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर आफ्नो रक्षाका लागि प्रतिबद्धता माग्ने गर्दछन् । यसबाट दिदी-बहिनी र दाजु-भाइका बीचमा प्रेमसम्बन्ध अझै बढ्छ भन्ने सामाजिक मान्यता छ ।

तराई मधेसका जिल्लामा विशेष हर्षोल्लासका साथ राखी पर्व मनाइने भएकाले आज प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको छ ।

रक्षाबन्धनका लागि प्रदेश २ सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सूचना प्रकाशित गरी बिदाबारे जानकारी गराएका छन् ।

प्रदेश २ भित्रका सम्पूर्ण सरकारी कार्यालय, अदालत, बैंक तथा वित्तिय संस्था, संस्थान र विद्यालयमा सार्वजनिक बिदा कार्यान्वयन गराउन सम्बन्धित सबैका लागि सूचना प्रकाशित गरिएको छ ।

यसअघि प्रदेश सरकारले बिदा दिए पनि संघीय सरकारको मातहतमा रहेका निकाय तथा अदालतले बिदा दिन अस्वीकार गर्दै आएका थिए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *