Breaking News

सिके राउतका कार्यकर्ताले सप्तरीमा सहिदलाई दिए श्रद्धाञ्जली

सिके राउतका कार्यकर्ताले सप्तरीमा सहिदलाई दिए श्रद्धाञ्जली

राजविराज– सिके राउतका कार्यकर्ताहरुले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर–१ स्थित भारदहमा तेस्रो मधेश आन्दोलनका प्रथम सहिद राजिव राउत, रामकिसुन राउत लगायतका सहिदहरुको सम्मानमा शुक्रवार श्रद्धाञ्जली सभा गरेको छ ।
सहिदहरुप्रति सम्मान प्रकट गर्नकालागि स्वतन्त्र मधेश गठबन्धनको आयोजनामा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । कार्यक्रममा स्वतन्त्र मधेश गठबन्धनका उप–संयोजक डा. कैलाश महतोले मधेशी समुदायको एक मात्र विकल्प स्वतन्त्र मधेश राष्ट्र भएको भन्दै एकतावद्ध भएर अगाडि बढ्न आग्रह गरे । मधेशवादी दलले पटक–पटक मधेशको नाममा सत्तामा पुगेर शहिदलाई समेत बिर्सेको आरोप लगाउँदै उनले भने ‘आन्दोलनका बेला झुठा आश्वासन दिने, मधेशी जनताको हत्या गराउने बाहेक कुनै कार्य गर्न सक्दैन, खाली बोलिको भरमा मात्र अधिकार सुनिश्चित हुन सक्दैन ।’
सहिद राजिव राउतका बुवा भिमराज राउतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सप्तरी जिल्लाको महादेवा, कटैया, राजविराज, कञ्चनपुर, भारदह लगायतका स्थानबाट सर्वसाधारण जनता सहभागी भएका थिए ।
तेस्रो मधेश आन्दोलनका चार शहिद परिवारलाई नगद १२ हजार ५ सयका दरले उपलब्ध गराईएको छ । उक्त रकम गैरआवासीय मधेशी संघद्वारा सहयोग स्वरुप उपलब्ध गराईएको स्वतन्त्र मधेश गठबन्धनका अभियनता तथा भारदह युथ क्लवका अध्यक्ष शंकर खड्गाले जानकारी दिएका छन् ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *