Breaking News

एक जिल्ला एक उद्योग : राज्यमन्त्री मंडल

एक जिल्ला एक उद्योग : राज्यमन्त्री मंडल
Business With Technology Pvt. Ltd.

राजविराज – प्रदेश नम्बर २ का उद्योग वन पर्यटन र वतावरण, आपुर्ती वाणिज्य तथा विज्ञान प्रविधि राज्य मन्त्री सुरेश कुमार मंडलले ८ वटै जिल्लामा ८ वटा उद्योगको स्थापना हुनुपर्नेमा जोड दिएका छन् ।
उनले २ नम्बर प्रदेशको शक्ति जमिन र जनसंख्या भएकोले यसको सहि उपयोग गर्नु आवश्यक रहेको बताए । मंडलले जनसंख्यालाई कसरी उत्पादनमा लगाउने र जमिनलाई कसरी उत्पादनशील बनाउने भन्ने काममा यदि सफल भयौं भने यो प्रदेश सफल हुने तर्क राखे ।
८ वटै जिल्लामा ‘एक जिल्ला एक उद्योग’ आवश्यक रहेकोमा जोड दिदै उनले पहिलो चरणमा प्रत्येक जिल्लामा एउटा उद्योग स्थापनाको सोच लिएर आफू अगाडी बढने जानकारी दिए । एउटा उद्योगमा एक हजारको हिसावले ८ वटा उद्योगमा ८ हजार युवाहरुलाई रोजगारी दिने लक्ष्य लिएर काम शुरु गरिने उनले भने ।
राज्यमन्त्री मंडलले यहाँ युवा शक्ति विदेश पलायन भईरहेको अवस्थामा प्रदेशमै उद्योग स्थापना भए उनीहरु आफ्नै गाउँ ठाउँमा रोजगारी प्राप्त गर्ने उल्लेख गरे । ‘यहाँका युवाहरु रोजगारका लागि विदेश जान्छन् र विदेशको विकासमा सघाउछन् तर रोजगारीको अवसर सिर्जना भए उनीहरु रोजगार गर्नुका साथै आफ्नो देशको विकासमा पनि योगदान गर्छन’ उनले भने । ‘गल्फ कन्ट्री निर्माणमा सघाउने हाम्रै युवा हाम्रो देश निर्माणमा किन न सघाउने ?’ मंडलले प्रश्न गरे ।
(माई सञ्चार डटकमका सम्पादक विनय कर्ण संग गरिएको कुराकानीमा आधारित)

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *