Breaking News

कम्युनिष्ट पार्टीले दुई तिहाई बहुमतको दम्भमा शाही शासन ल्याउन खोजेको काँग्रेसको आरोप

कम्युनिष्ट पार्टीले दुई तिहाई बहुमतको दम्भमा शाही शासन ल्याउन खोजेको काँग्रेसको आरोप
Business With Technology Pvt. Ltd.

राजविराज – नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले नेपाल कम्युनिष्ट पार्टी दुई तिहाई बहुमतको दम्भमा संविधान परिवर्तन गरी शाही शासन ल्याउन खोजेको आरोप लगाएका छन् ।
नेपाल स्वास्थ्यकर्मी संघ सप्तरीद्वारा शनिवार आयोजित पाँचौ जिल्ला अधिवेशनको उद्घाटन गर्दै सभापति यादवले काँग्रेस पार्टी चुनाव हारेर सुतेको छैन्, संविधानलाई कार्यान्वयन गराउनको लागि जागेको बताए । वर्तमान सरकारले निजामति तथा स्वास्थ्यकर्मी कर्मचारीहरुको सेवा सुविधा कटौती गरेको प्रति सभापति यादवले आपति समेत जनाएका छन् ।
स्वास्थ्यकर्मी संघ सप्तरी जिल्ला कार्यसमितिले अगामी १८ वटै स्थानीय निकायहरुमा संजाल बनाउन निर्देशन दिइएका छन् ।
राजनैतिक र व्यवसायीक दृष्टिकोणको उदेश्य अनुसार स्वास्थ्यकर्मी संघले अगाडी बढनुपर्ने संघका केन्द्रिय अध्यक्ष रामजी घिमिरेले जानकारी दिए । नेपाली काँग्रेस सत्तामा रहेको बेला स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले स्वयमंसेविकाहरुको ६ हजार तलब बढाइएको र गगन थापा मन्त्री हुँदा ७ हजार ५ सय बृद्धि गरेको उनले बताए ।
वर्तमान सरकारले स्वयमंसेविकाको तलब बृद्धि समेत गर्न नसकेको आरोप लगाएका छन् । उनले स्वास्थ्य स्वयंसेविकाको पारिश्रमिक अन्य कर्मचारीको सो सरह हुनुपर्ने संघको माग रहेको बताए ।
नेपाल स्वास्थ्यकर्मी संघ सप्तरीका अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा सम्पन्न पाँचौ अधिवेशनको उदघाटन सत्रमा क्षेत्र नं. ३ का प्रदेश सभासद मो. समिम, प्राध्यापक डा. अनिल कुमार झा, जनस्वास्थ्य संघका पूर्व सचिव कृष्णा शाक्य, महासचिव रामनाथ देव, संघका केन्द्रिय उपमहासचिव देवराज लामिछाने, सिरहाका अध्यक्ष राम नारायण यादव, धनुषाका उपाध्यक्ष जुगेश्वर मण्डल, निवर्तमान अध्यक्ष जय नारायण मण्डल, ट्रेड युनियन काँग्रेस सप्तरीका अध्यक्ष मनोज कुमार मण्डल, नेपाल शिक्षक संघका अध्यक्ष शैलेन्द्र कुमार मण्डल, नेपाली काँग्रेस संसदीय क्षेत्र नं. २ का क्षेत्रीय सभापनि महानन्द प्रसाद यादव, समाजसेवी सत्य नारायण शर्मा, प्रजातान्त्रिक जनस्वास्थ्य संघ अध्यक्ष महेश्वर सेठ, मधेशी कर्मचारी मंचका जिल्ला अध्यक्ष अजय झा, अखिल नेपाल स्वास्थ्य श्रमिक संघका अध्यक्ष बिरेन्द्र कुमार दास लगायतका वक्ताहरुले पाँचो अधिवेशनको शुभकामना मनतव्य दिइएका थिए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *