सप्तरीमा महिला मैत्री कृषी सेवा ल्याउने मन्त्री साहको घोषना

सप्तरीमा महिला मैत्री कृषी सेवा ल्याउने मन्त्री साहको घोषना

राजविराज –प्रदेश २ का भुमी व्यवस्था, कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरीमा महिला मैत्री कृषी सेवा दिने बताएका छन ।
शनिवार राजविराजमा महिला शान्ति अनुसन्धान तथा विकास केन्द्र (वपरडेक) को १३ औ साधारणसभालाई सबोधन गर्दै मन्त्री साहले महिलाहरुको समूहलाई खेती गर्न प्रोत्साहन स्वरुप नयाँ किसिमको कार्यक्रम ल्याउने बताए ।
उनले प्रदेश सरकार पुर्ण रुपले सुविधा सम्पन्न नभएका कारण मधेशमा मल, खाद्य अभाव भएको बेला केही गर्न नसिएको बताए ।
उनले भने यसका लागि केन्द्रीय सरकार संग आफुहरु लडिरहेको छु, जनताले कृषी सेवा चाडै महसुस गर्ने छ । उनले नेपाल पानी भएको दोस्रो ठुलो देश भएपनि किसानहरु सिचाईका आभावमा खेती लागउन नसक्नु दुर्भायपुर्ण रहेको बताए ।
वपरडेकका उपाध्यक्ष तोयागिरी पौदारको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्था महासंघ जिल्ला अध्यक्ष शम्भुनन्दन चौधरी, अधिबक्ता डोमन साह, नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाकार श्रवणकुमार देव, पत्रकार संजीव विक्रम शाह लगायतले सो कार्यक्रममा अ–आफनो मन्तव्य व्यक्त गरेका थिए ।
यसै विच महिला शान्ति अनुसन्धान तथा विकास केन्द्रले गरेको बन्द सत्र वाट कविता कुमारी यादवको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा तोयागिरी पोदार, सचिवमा सवना खातुन, कोषाध्यक्षमा सावित्री साह, सदस्यहरुमा सुनिता मेहता, बन्दना चौधरी, जहाअरा खातुन, स्वेता रानी, कविता साहलाई चनय गरिएको संस्थाका कार्यक्रम संयोजक समृत साहले जानकारी दिए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *