शम्भुनाथ नगरपालिकामा ईन्धनको दुरुपयोग

शम्भुनाथ नगरपालिकामा ईन्धनको दुरुपयोग

राजविराज – सप्तरीको शम्भुनाथ नगरपालिकामा पेट्रोलियम पदार्थको व्यापक दुरुपयोग भएको छ ।

त्यहाँ यस आर्थिक वर्षको पेट्रोलियम पदार्थ खर्च विवरणमा २४० लिटर पेट्रोलियम पदार्थको हिसाव मिलान हुन नसक्दा दुरुपयोग भएको विषय बाहिर आएको हो ।
शम्भु ट्रेड लिंक पेट्रोल पम्म कठौना बजार र राजविराज नगरपालिका स्थित रहेको गिता पेट्रोल पम्पबाट प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद गुरुङ्गको सिफारिसले सवारी साधनमा ईन्धन भराउने काम हुदै आएको थियो ।
शम्भु ट्रेड लिंक पेट्रोल पम्पको प्रोपोराइटर पाँचु इसरले गत आषाढ मसान्त सम्मको विल भुक्तानी माग गर्दा नगरपालिकाबाट प्राप्त कुपन अनुसार त्यहाँ हिसाव नमिलेको र सयौं लिटर ईन्धन नै हिसावबाट गायब गरिएको बताए ।
अधिकृत गुरुङ्गले जथाभावी ईन्धनको कुपन वितरण गरी लाखौ रकमको चलखेल गरेको नाउँ नबताउने शर्तमा एक जनप्रतिनिधिले बताए ।
ईन्धन मात्रै नभएर नगर क्षेत्रभित्रका अधिकांश विकासीय काममा प्रशासकिय अधिकृत र लेखापालको मिलोमतोमा व्यापक आर्थिक हिनामिना भएको उनको आरोप छ ।
आफुहरुलाई साना जनप्रतिनिधि भन्दै हेपेर मनमानी ढंगबाट काम गर्दै आएको एक जनप्रतिनिधिहरुको भनाई छ ।
नगर स्तरीय बजेट उपभोक्ता समिति मार्फत खर्च गराइएपनि अधिकृत गुरुङ्ग कार्यालय छाडी काम भइरहेको ठाउँमा दिनभरी बसेर समय व्यतित गरेको कारण अरु कामहरुको लागि माग गर्नुपर्ने बजेट समेत समयमा माग नगरिएकोले लाखौको बजेट आउनबाट नगरपालिकालाई बन्चित गराएका हुन् ।
नगरपालिकाका योगेन्द्र प्रसाद चौधरी अस्वाथ्य रहेको मौकामा अधिकृत गुरुङ्गले मनमानी ढंगबाट बजेटको व्यापक दुरुपयोग गरेको स्थानीयहरुको भनाई छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *