मधेशी पत्रकारद्वारा सप्तरी प्रहरी प्रमुख सिंह अभिनन्दित

मधेशी पत्रकारद्वारा सप्तरी प्रहरी प्रमुख सिंह अभिनन्दित

सतीश कुमार दत्त,
राजसवराज– सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेश कुमार सिंहलाई आज राजविराजमा भएको एक अन्तरक्रिया कार्यक्रममा मधेशी पत्रकार समाजद्वारा नागरिक अभिनन्दन गरिएको छ ।
मधेशी पत्रकार समाजद्वारा आज राजविराज स्थित होटल आई–गार्डेनको सभाकक्षमा गरिएको “संधियतामा पत्रकारको भूमिका बिषयक अन्तरक्रिया र सम्मान ताथा विदाई” कार्यक्रममा मधेशी पत्रकारहरुको तर्फबाट बरिष्ठ पत्रकार शिवहरी प्रसाद भट्टराईले एस.पी. सिंहलाई विदाई गर्दैं नागरिक अभिनन्दन गरेका थिए । प्रमुख अतिथिको आसनबाट बोल्दै पत्रकार भट्टराईले आज प्रहरी प्रमुख सिंहले गरेको कार्य कै कारण सप्तरीवासी उहाँको विदाईमा दुःखी रहेको कुरो बताउनु भयो । बरिष्ठ पत्रकार भट्टराईले आउने प्रहरी प्रशासकले समेत एस.पी. सिंहले गरेको कार्यको अनुकरण गर्नुपर्ने बताएका थिए । सम्मान तथा विदाई समारोहमा बोल्दै एस.पी. सिंहले आपूmले यहाँ पाए जस्तो नागरिक अभिनन्दन जीवन मै पहिलो पटक पाएको र यसले आपूmलाई अन्यत्र पनि सकारात्मक रुपले काम गर्न प्रेरित गरेको बताउनु भयो । आफ्नो एक बर्षे कार्यकाल पूरा गरी प्रहरी केन्द्रिय कार्यालयमा जान लागेका सप्तरीका प्रहरी उपरीक्षक सिंहले प्रहरी जनताप्रति शासक भएर होइन सेवक भएर काम गर्नु पर्ने हो र मैले सोही अनुरुप काम गर्दा केही राम्रो भएकोले होला आज आपूm सम्मानीत हुनु परेकोमा गर्व लाग्ने गरेको बताउँदै मैले पाएको सफलताको श्रेय सप्तरीवासी लाई दिन चाहन्छु, बताउनु भयो ।
मधेशी पत्रकार समाजका उपाध्यक्ष रामअधिन साहको अध्यक्षतामा भएको कार्यक्रममा एस.पी. सिंहको भावपूर्ण विदाई दिंदै प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुधा देव र कोषाध्यक्ष शुभचन्द्र झा, नेपाल पत्रकार महासंघ र मधेशी पत्रकार समाज समेतका सल्लाहकार श्रबणकुमार देव, सञ्चार यात्राका अध्यक्ष करुणा झा, मधेशी पत्रकार समाजका केन्द्रिय सचिव सञ्जिव बिक्रम शाह, केन्द्रिय सदस्य विनय कुमार लाल कर्ण, अन्तर महिला सञ्जाल, सप्तरी अध्यक्ष सुनिता साह लगायतका वक्ताहरुले सिंहको कार्यको प्रशंसा गरेका थिए । सिंहलाई गरिएको नागरिक अभिनन्दन पत्रमा सिंहले मुस्कान सहितका प्रहरी र नागरिकको साथ प्रहरी कार्यक्रमलाई व्यवहारमा उतारेर नागरिक प्रहरीको साथी नामक नारालाई चरितार्थ गरेकोले समस्त सप्तरीवासी र सञ्चारकर्मीहरुको तर्फबाट अभिनन्दन गरिएको उल्लेख गरिएको छ । अभिनन्दन पत्रमा प्रहरी उपरीक्षक सिंहले सप्तरीमा यसै बर्ष सम्पन्न भएको स्थानीय, प्रदेशीय र केन्द्रिय निर्वाचनमा उल्लेख्नीय भूमिका निर्वाह गरेको र विगत बर्ष सप्तरीमा आएको बाढीको समयमा सप्तरीका बाढी पिडितकरुको समस्या समाधानमा उल्लेख्य भूमिका निर्वाह गरेकोले नागरिक अभिनन्दन गरिएको समेत उल्लेख गरिएको छ ।
मधेशी पत्रकार समाजका सह–सचिव चन्दनकुमार यादवद्वारा सञ्चालित कार्यक्रममा सदस्य शैलेशकुमार कर्णले स्वागत राखेका थिए भने वक्ताहरुले अब संघियताको कार्यान्वयनको समय भएकोले सिंह दरबारबाट गाउँ–गाउँमा आएको शासनको केन्द्रहरुको गतिविधिबाट जनतालाई सुसूचित गराउने जिम्मेवारी पत्रकार कै भएको कारण पत्रकारहरु गम्भिर भएर जिम्मेवारीपूर्वक काम गर्नु पर्नेमा जोड दिएका थिए ।
उक्त कार्यक्रम सकिए लगत्तै सोही ठाउँमा ग्रीन नेपाल नामक संस्थाबाट समेत एस.पी. सिंहलाई सम्मान गरिएको थियो । ग्रीन नेपालका अध्यक्ष खेलानन्द दासले दोसल्ला ओढाई सम्मान–पत्र र उपहार दिएर प्रहरी प्रमुख सिंहलाई सम्मान गरिएको थियो । त्यस्तै आजै भएको एक छुट्टै कार्यक्रममा नेपाल पत्रकार महासंघले समेत प्रहरी उपरीक्षक सिंहलाई सम्मान गरेको छ । नेपाल पत्रार महासंघ,सप्तरीले आफ्नै भवनमा महासंघको अध्यक्ष जितेन्द्र खडकाको अध्यक्षतामा गरिएको एक कार्यक्रममा प्र.उ. सिंहलाई सम्मान गरेको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *