Breaking News

सप्तरीबाट राहत रकम फिर्ता

सप्तरीबाट  राहत रकम फिर्ता
Business With Technology Pvt. Ltd.

राजविराज – गत वर्षको बाढीका कारण घरबिहिन सप्तरीबासीका लागि सरकारले उपलब्ध गराएको राहत रकम वितरण गर्न नसकेर फिर्ता पठाएको छ ।
बाढीपीडितको नाममा विवाद देखिएको र वितरण गर्ने प्रयास गर्दा पनि विभिन्न अवरोध उत्पन्न भएको उल्लेख गर्दै राहत रकम फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला सदरमुकाम समेत रहेको राजविराज नगरपालिकाले बाढीपीडितको १ लाख ३० हजार रुपैयाँ राहत रकम फ्रिज गरेको छ ।
यसैगरी, शम्भुनाथ नगरपालिकाले ४७ परिवारलाई राहत वितरण गर्न बुझेको ११ लाख ७५ हाल सम्म वितरण गर्न नसकेको प्रमूख जिल्ला अधिकारी सुरेनद्र पौडेलले जानकारी दिनु भयो ।

राहत रकम बुझेका अधिकांश स्थानीय तहले हालसम्म पनि राहत वितरणका लागि लिएको पेश्की फर्छ्यौट गरेका छैनन्।
आर्थिक वर्ष समाप्त भएकाले राहत वितरणको यथार्थ विवरणसहित पेश्की फर्छ्यौट गर्न पटक–पटक ताकेता गर्दा पनि हालसम्म कुनै सुनुवाइ नभएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । ‘नेपाल लाईभबाट

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *