Breaking News

कृष्णासवरण गाउँपालिकाको बजेट कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

कृष्णासवरण गाउँपालिकाको बजेट कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
Business With Technology Pvt. Ltd.

राजविराज – अग्नीसाईर कृष्णासवरण गाउँपालिकाका अगामी बजेट कार्यान्वयन नगर्न गराउन उच्च अदालत जनकपुर राजविराज ईजलाशले अन्तरिम आदेश जारी गरेको छ ।

गाउँपालिकाका उपाध्यक्ष मिना चौधरीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

मनपरी ढंगबाट गाउँपालिकाको बजेट विनियोजन गरिएको जनाउँदै उपाध्यक्ष चौधरीले सो बजेटमाथि उच्च अदालतमा रिट दायर गरेका थिए ।
उच्च अदालत जनकपुर ईजलाश राजविराज ईजलाशमा साउन १३ मा सुनुवाई गर्दैै न्यायधिश सिताराम मण्डलको एकल ईजलाशले सो आदेश जारी गरेको हो । आदेशमा भदौ ३ गते थप छलफलको लागि गाउँपालिका सम्बद्ध अधिकारीहरुलाई बोलाइएको छ ।
मुद्दाको अन्तरिम किनारा नभएसम्मका लागि योजनाहरुमा विनियोजन गरिएको बजेट खर्च नगर्न अदालतको आदेशमा उल्लेख छ । अदालतमा उपाध्यक्ष चौधरीले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६७ बमोजिम योजनामा बजेट विनियोजन गर्न नदिई मनपरी तवरबाट अध्यक्षले बजेट विनियोजन गरेको हुँदा उक्त बजेट कार्यान्वयन नर्गन नगराउन माग दावी लिई रिट दायर गरिएको थियो ।
उपाध्यक्ष चौधरीले स्थानीय सरकारमा उपाध्यक्षको अधिकार स्थानीय ऐन कानुनले दिए बमोजिम प्रयोग गर्न नदिएपछि आफुले पटक पटक अधिकारका लागि लडदै आएको बताएका छन् ।
कृष्णासवरणको विवाद उच्च अदालतमा पुग्नु अघि गाउँपालिकामा संचालित विभिन्न योजनाहरुमा भ्रष्टाचार र गुणस्तरीहण काम भएको समाचारहरु मिडियामा आएको थियो ।
आर्थिक वर्ष २०७४÷०७५ मा विकासीय बजेट र योजनाहरुको सन्दर्भमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष विच पटक पटक विवाद हुदै आएकोमा सो गाउँपालिकाका केही वडा अध्यक्षले पनि गाउँपालिकामा भ्रष्टाचार भएको कुरा स्वीकारेका थिए ।
गाउँपालिकाका स्थानीयहरुले कागजमा हिसाव किताव मिलान गरी ब्यापक भ्रष्टाचार गरेको आरोप लगाउँदै आएको छ ।
मिडियामा उक्त गाउँपालिकाको सन्दर्भमा समाचारहरु सार्वजनिक हुदै आएको भएपनि निगरानी र छानविन गर्ने निकायको ध्यान जान सकेको छैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक पटक केही योजना सम्बन्धमा के कसो भएको हो बुझ्न पत्राचार गरेपनि त्यसको जवाफ गाउँपालिकाले नफर्काएको गाउँपालिकाका उच्च श्रोतले जानकारी दिए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *