Breaking News

दान पेटिकाको ताला खुल्यो

दान पेटिकाको ताला खुल्यो

कठौना – शम्भुनाथ मन्दिरको दान पेटिकामा गरिएको तालाबन्दी ६ महिना पछि बुधवार खोलिएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरी र मन्दिर क्षेत्र विकास समितिको रोहवरमा ताला खोलिएको हो ।
मन्दिरको दान पेटिकामा रु. १ लाख ९४ हजार ४ सय ६७ रुपैया रहेको समितिका उपाध्यक्ष छुतहरु मंडलले जानकारी दिए । स्थानीय तहको निर्वाचन पश्चात शम्भुनाथ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शत्रुधन चौधरी र मन्दिर समिति विच विवाद हुँदा दुवै पक्षबाट ताला बन्दी गरिएको थियो ।
मन्दिर समिति र जनप्रतिनिधि बिच विवाद भएपछि मन्दिर समितिले जनकपुर उच्च अदालत राजविराज इजलासमा प्रमादेशका लागि मुद्दा दिइएको र समितिको पक्षमा अदालतबाट फैसला आएको हो ।
सोही आधारमा मन्दिर समितिले ताला खोलाईदिन जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदन दिएको र जिल्ला प्रशासनले ईलाका प्रहरी कार्यालय रुपनी तथा शम्भुनाथ नगरपालिकालाई ताला खोलाउन पत्राचार गरेको थियो ।
६ महिना सम्म दान पेटिका नखोल्दा भित्र रहेको रु. ५० हजार बराबरको रकम काम नलाग्ने भएको समितिले जनाएको छ ।
बाँकी रकम मन्दिर समितिको नाउँमा राष्ट्रिय बाणिज्य बैंक कठौनाको शाखामा रहेको खातामा जम्मा गरेको बताए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *