Breaking News

डाक्नेश्वरी नगरपालिकामा व्यापक भ्रष्टाचार, आय व्यय सार्वजनिक गर्न माग गर्दा समिति नै विघटन

डाक्नेश्वरी नगरपालिकामा व्यापक भ्रष्टाचार, आय व्यय सार्वजनिक गर्न माग गर्दा समिति नै विघटन
Business With Technology Pvt. Ltd.

राजविराज – सप्तरीको डाक्नेश्वरी नगरपालिकामा यस वर्ष खर्च भएका आय व्यय विवरण सार्वजनिक नगर्दा अधिकांश नगरसभा सदस्यहरु आपत्ती जनाएका छन् ।
यस आर्थिक वर्षमा नगरपालिकामा भएका विकासिय लगायतका अन्य कामहरुमा व्यापक भ्रष्टाचार भएकोले सम्बद्ध पक्ष आय व्यय सार्वजनिक गर्न नमानेका हुन ।
भ्रष्टाचारको पोल खुल्ने डरले आय व्ययय सार्वजनिक नगरिएकोे नगरसभाका सदस्य मानविर रजकले बताए । उनले भने “नगरपालिका भित्र व्यापक भ्रष्टाचार भएको छ, पोल खुल्ने डरले खर्चको विवरण सार्वजनिक गर्न मानेन ।”
नगरसभा कार्यक्रममा न्यायिक समितिले आय व्यय सार्वजनिक गर्न माग गर्दा न्यायिक समितिलाई नै विघटन गरिएको छ । नगरपालिका भित्र रहेका १० वटा वडामा नै गुणस्तरहिन तथा मापदण्ड विपरित कार्य भएको सदस्य रजकको भनाई छ ।
शिक्षा, स्वास्थ्य, खानेपानी, भु–संरक्षणको क्षेत्रमा छुट्याएको बजेट कमिशनको चलखेल गरी कार्यपालिकाको निर्णयबाट बाँडफाड गरेको रजकले भने । यस सम्बन्धमा नगरपालिकाका प्रशासकिय अधिकृत मिलन दाहालसँग प्रतिक्रिया लिदा सबै बजेट सम्बन्धित क्षेत्रकै कार्यका लागि सबै वडामा कार्यपालिकाको निर्णयबाट छुट्याएको जानकारी दिए । उनले नगरपालिका भित्र भइरहेको कामको सम्पूर्ण भुक्तानी दिन नसकेकै कारण यस वर्षको आय व्यय सार्वजनिक गर्न नसकिएको बताए ।
भ्रष्टाचारको प्रभावमा वडा नम्बर ८
वडा नं. ८ मा भएको सडक निर्माण कार्यमा व्यापक भ्रष्टाचार भएको छ ।
वडामा पर्ने बडी नहरदेखि उत्तर भजुचौक सम्मको बाटोलाई माटो ग्राभेल गर्न छुट्याएको १२ लाख मध्ये ४ लाखको पनि काम नभएको स्थानीयहरुले बताए ।
ग्राभेलको काम गुणस्तरहीन तथा मापदण्ड अनुसार काम नभएको बताइएको छ ।
त्यस्तै सकलदेव यादवको घरदेखि दक्षिण जाने बाटो तथा नखाई मण्डललको घरदेखि उत्तर निर्माण गरिएको बाटोमा पनि गुणस्तरहीन काम भएको स्थानीय युवा कृष्णदेव साहले बताए ।
यस सम्बन्धमा वडा अध्यक्ष उमेश कुमार यादवसँग प्रतिक्रिया लिदा यस आर्थिक वर्षमा सम्पूर्ण बजेटको ७० प्रतिशत रकम मात्र खर्चिन सकेको र ईन्जिनियरले दिएको प्रतिवेदनको आधारमा आफुहरु निकासाका लागि सिफारिस गरेको जानकारी दिए । वडा अध्यक्ष यादवले गुणस्तर नाप्ने काम आफ्नो नभई ईन्जिनियरको भएकोले प्राविधिक प्रतिवेदन अनुसार आफुले कामको मुल्यांकन गरेको बताए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *