कृष्णासवरण गाउँपालिकामा काम भन्दा पहिले कमिशनको डिल

कृष्णासवरण गाउँपालिकामा काम भन्दा पहिले कमिशनको डिल

राजविराज – अग्नीसाईर कृष्णासवरण गाउँपालिकामा लगातार भ्रष्टाचार सँग सम्बन्धित कुनै न कुनै नयाँ घट्ना सार्वजनिक हुने क्रम जारी रहेको छ ।
गाउँपालिकामा विगत केही हप्ता यता विकासिय काम लगायतका अन्य कामहरुको सन्दर्भमा कुनै न कुनै हिसावले भ्रष्टाचार भइरहेको घटनाहरु सार्वजनिक हुँदै आएको हो ।
गाउँपालिका मार्फत संचालित विभिन्न योजनाहरुबाट कमिशनको रकम उठाउन त्यहाँका योजना फाँटका कर्मचारी मो. खुरसैत इक्रामलाई जिम्मा नै दिइएको श्रोतले बताएको छ ।
इक्रामले उपभोक्ता समिति र गाउँपालिका भित्र कार्यक्रम गर्ने संस्थासँग “डिल” गरी काम हुनुभन्दा पहिले नै कमिशन लिने गरेको समेत खुलेको छ । ईन्जिनियर इक्राम नै योजनाहरुको मूल्यांकन गरी भुक्तानी दिनलाई सिफारिस गर्दै आएका छन् ।
गाउँपालिकाभित्र कामै नभएको योजनाहरुको लागि पनि भुक्तानी दिन दबाव दिएपछि केही दिन अघि लेखापाल र इक्राम बिच भनाभन र समान्य कुटपिट समेत भएको स्थानीयहरु बताउँछन् । तर लेखापाल राम नारायण मेहताले त्यसो नभएको प्रतिक्रिया दिए ।
आगामी वर्षको योजनामा छुट्याएको रकमको ५० प्रतिशत कमिशनमैत्री भएको एक जनप्रतिनिधिले नाम नबताउने शर्तमा बताए । २०७५÷०७६ का लागि छुट्याएको योजना अधिकारिकता नभएको गाउँपालिका उपाध्यक्ष मिना चौधरीले जानकारी दिए ।
उनले गाउँसभामै योजना छनोट गर्न संविधानले अधिकार दिए बमोजिम आफ्नो संयोजकत्वमा हुनुपर्ने तर अनियमितताकै लागि आफुलाई जिम्मेवारी नदिएको बताए । उनले गाउँसभामा बिरोध जनाउँदै हस्ताक्षर समेत नगरेको जानकारी दिए । उपाध्यक्ष चौधरीले भनिन– अरु योजनामा जेसुकै होस तर लक्षित वर्गको कार्यक्रम गर्ने संस्थालाई पारदर्शी ढंगले छनौट गरिएको छ । यस सम्बन्धमा गाउँपालिका अध्यक्ष परशुराम चौधरीलाई फोन गर्दा व्यस्त छु भन्दै कुनै प्रतिक्रिया दिन चाहेनन् ।
उक्त गाउँपालिकामा अहिले कमिशनको डिल गर्ने खुरसैत इक्राम साबिक जिल्ला विकास समितिमा ईन्जिनियर पदमा कार्यरत थिए र सो बखत कमिशन लिएकै कारण उनी निलम्बनमा परी पछि सफाई पाएका थिए ।
गाउँपालिकाको योजनाहरुको अनुगमनका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीले चासो लिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार गाउँपालिकाभित्रका योजनाहरुलाई अनुगमनका लागि ईलाका प्रशासन कार्यालय कंचनपुरका प्रमुख र एक जना प्रहरी निरिक्षकलाई खटाई सकिएको जानकारी दिए ।
समाचारको स्रोतलाई धम्की
अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ को विकासिय निर्माणका काम लगायत अन्य समाजिक विकासका कामहरुको सन्दर्भमा समाचार छापिदा सूचना दिने व्यक्तिले धम्की खेप्नु परेको छ ।
समाचारका बारेमा जानकारी दिने स्थानीय दुर्गा भट्टराईलाई वडा नम्बर ६ का वडा अध्यक्ष कुशुम आचार्यले फोन मार्फत कारवाही गर्ने धम्की दिएका छन् । आचार्यले समाचारमा उल्लेख भएका कुराहरुको प्रमाण जुटाऊ नभई स्थानीय सरकारको ऐन बमोजिम स्पष्टिकरण सँगै कारवाहीको प्रक्रिया अगाडी बढाउने फोनमार्फत आफुलाई धम्काएको भट्टराईले बताए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *