Breaking News

प्रिमियर लिगमा बजाज खडक वारियर्स २ विकेटले विजयी

प्रिमियर लिगमा बजाज खडक वारियर्स २ विकेटले विजयी
Business With Technology Pvt. Ltd.

राजविराज– राजविराजमा जारी ‘मेयर कप सप्तरी प्रिमियर लिग’ अन्तर्गत दोस्रो दिनको खेलमा बजाज खडक वारियर्सले बोदे बर्साइन थन्डर्सलाई २ विकेटले पराजित गरेको छ।

टस जितेर ब्याटिङ गरेको बोदे बर्साइन थन्डर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय १ रन बनाएको थियो। टिमका लागि अमित दासले २३ तथा विक्रम भुसालले अविजित २२ रन योगदान दिए।

बजाज खडकका बलर गोमनन्द अमात्य, पुष्प थापा र हशिम अन्सारीलेले २/२ विकेट लिए।

१ सय २ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ सुरु गरेको बजाज खडक वारियर्सले १९ दशमलव ३ ओभरमा ८ विकेट गुमायो। रोमान्चक खेलको १७ ओभरमा ९९ रनसहित ६ विकेट गुमाएको वारियर्स जितबाट ३ रन टाढा रहँदा श्रवन यादवले १८ औं ओभरमा २ रन खर्चेर २ विकेट लिएपछि खेल अझै रोमान्चक बन्यो।

अन्तिम २ ओभरमा जितको लागि १ रन मात्रै बाँकी रहँदा १९ औं ओभरमा कुनै पनि रन भएन। अन्तिम ओभरमा बलिङ गर्न आएका रोहित सिंहले पहिलो २ बलमा रन नदिए पनि उपेन्द्र रोयले तेस्रो बलमा कभर ड्राइभ गरेर १ रन लिँदै टिमलाई जित दिलाए।

बजाज खडक वारियर्सको लागि म्यान अफ द म्याच समेत चुनिएका बिबेक यादवले सर्वाधिक ४२ रन बनाए। उनले २६ बलमा ३ छक्का र ३ चौका प्रहार गरे। यस्तै हरिशंकर शाहले १४ रन बनाए।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *