Breaking News

अग्नीसाईर कृष्णासवर गाउँपालिकामा चुनावी खर्च उठाउदै जनप्रतिनिधि

अग्नीसाईर कृष्णासवर गाउँपालिकामा चुनावी खर्च उठाउदै जनप्रतिनिधि

राजविराज – अग्नीसाईर कृष्णासवरण गाउँपालिकामा एकपछि अर्को भ्रष्टाचार हुने क्रम जारी छ ।
१० दिनको कम्प्यूटर तालिम ४ दिनमै सकाएर गाउँपालिकाका जनप्रतिनिधिहरुले १० दिनको भत्ता झ्वाम्म पारेको केही नबित्दै ३ नम्बर वडाका वडा अध्यक्षले खुल्लेआम उपभोक्ता समितिबाट कमिशन मागेको हो ।
गाउँपालिकाको वडा नम्बर ३ मा उपभोक्ता समितिले कमिशन नदिदा वडा अध्यक्षले निकासाको सिफारिस दिन मानेको छैन । वडा नम्बर ३ हरिहरपुरमा सिचाईका लागि सिडि (सानो पम्पसेट) खरिद गर्न उपभोक्ता समितिलाई दिइएको जिम्मा अनुसार काम सम्पन्न भईसकेपनि कमिशन नदिएको कारण निकासा दिन मानेको छैन ।
दुई वटा उपभोक्ता समिति मार्फत सिचाईका लागि काम गराउँदै आएको वडा कार्यालयललाई ३ लाख ९० हजारको काम गर्ने उपभोक्ता समितिले २० प्रतिशत कमिशन दिदा सहजै निकासा दिएको तर २ लाख ६० हजार रकम बराबरको काम गरेको उपभोक्ता समितिले कमिशन नदिदा निकासा दिन आलटाल गरिरहेको उपभोक्ता समितिका अध्यक्ष विद्यानन्द यादवले बताएका छन् ।
यस सम्बन्धमा वडा अध्यक्ष अरुण कुमार चौधरी सँग प्रतिक्रिया लिदा उपभोक्ता समितिले पुरानै सिडी (सानो पम्पसेट) राखेर बिल भुक्तानी माँगेका कारण आफुले सिफारिस नगरेको बताए । तर उपभोक्ता समितिका अध्यक्ष यादवले आफुहरुले नयाँ सिडी (सानो पम्पसेट) नयाँ खरिद गरेर लगाएको जानकारी दिए ।
जनप्रतिनिधिले चुनाव खर्च उठाउँदै
अग्नीसाईर कृष्णासवरण गाउँपालिकाका ६ वटै वडाका जनप्रतिनिधिहरुले चुनाव खर्च उठाउँन थालेको छ ।
जनप्रतिनिधिहरुले विभिन्न विकासिय बजेटबाट चुनावमा लागेको खर्च उठाउँनका लागि २० प्रतिशत सम्म कमिशन लिन थालेको स्थानीयहरु बताउँछन् ।
एक स्थानीयका अनुसार जनप्रतिनिधिहरुले उपभोक्ता समितिबाट कुल बजेटको २० प्रतिशत सम्म कमिशन माग गर्दै आएको बताए ।
आफ्नो नाउँ उल्लेख नगर्ने शर्तमा उनले भने “यस गाउँपालिकामा जति पनि जनप्रतिनिधि छन् सबैले सबै उपभोक्ता समितिबाट कमिशन लिएर मात्र रकम निकासा गर्ने गरेको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *