Breaking News

वैदेशिक रोजगारमा जाने १ सय ३३ जनाको मृत्यु

वैदेशिक रोजगारमा जाने १ सय ३३ जनाको मृत्यु

राजविराज -सप्तरीबाट वैदेशिक रोजगारमा जाने मध्ये हालसम्म विभिन्न घटनाका कारण १ सय ३३ जनाको मृत्यु भएका छन् ।

सप्तरीबाट हालसम्म वैदेशिक रोजगारमा गएका ७७ हजार ५ सय ४ जना मध्ये १ सय ३३ जनाको मृत्यु भएको वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको तथ्यांकले देखाएका छ । सुरक्षित आप्रवासन (सामी) को सहयोग र सबल नेपालको आयोजनामा बुधवार भएको कार्यक्रममा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी बुधबार पत्रकारहरुसँग छलफल कार्यक्रममा वक्ताहरुले सिप र आवश्यक जानकारी लिएर बेदैशिक रोजगारमा जान नसकेकै कारण समस्यामा पर्ने गरेको बताए ।
उक्त कार्यक्रममा सबल नेपाला तर्फबाट संयोजक अशोक कुमार साहले वैदेशिक रोजगारमा जाँदा हुने समस्याकालागि हाल सप्तरी जिल्ला प्रशासन कार्यालयले हाताभित्र सूचना केन्द्र स्थापना गरेर विदेश गएका, ठगिमा परेका र मृत्यु भएकालाई समाधान र उचित क्षतिपूर्ति दिने समेत काम गरिरहेको बताए ।
वैदेशिक रोजगारमा गएकालाई सुरक्षित र ठगीबाट बच्न हेल्भेटास सामी परियोजनाले हाल सप्तरीको विभिन्न विद्यालय, गाउँ–गाउँमा गएर वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया समेत गरेको सामी परियोजनाका जिल्ला संयोजक देवनारायण चौधरीले जानकारी गराए ।
चौधरीका अनुसार वैदेशिक रोजगारीमा सप्तरीबाट गएका व्यक्तिको परिवारजनलाई विदेशमा जाँदा आवश्यक कागजात घरमा राख्न समेत जानकारी गराउँदै आएको उनले बताए । नेपाल सरकार र परियोजना अन्तर्गत वैदेशिक रोजगारीमा जाँदा ठगिमा नपरोस् भन्ने सप्तरीबाट हाल ८४ जनाले सिप सिकेर विदेश गएका उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुधा देवको अध्यक्षतामा आयोजित छलफल कार्यक्रममा महासंघका पूर्व अध्यक्ष शिवहरी प्रसाद भट्टराई, वैद्यनाथ झा, धिरेन्द्र प्रसाद साह लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *