Breaking News

जनकपुर—जयनगर रेलमार्ग संचालन गर्ने तयारीमा

जनकपुर—जयनगर रेलमार्ग संचालन गर्ने तयारीमा

राजविराज – नेपाल–भारत जोड्ने जनकपुर—जयनगर रेलमार्गमा भाडाको भारतीय रेल सञ्चालन गर्ने तयारी गरिएको छ ।

३५ किलोमिटर दूरीको यो ब्रोडगेज रेलमार्ग यसै वर्ष्भित्र निर्माण सम्पन्न हुँदैछ । रेलमार्ग तयार भए पनि नेपालसँग रेलसेवाका लागि आवश्यक पर्ने रेल छैन । भारतीय रेलमा नेपाली झण्डा राखेर चलाउने प्रस्तावमाथि दुई देशका अधिकारीबीच छलफल भएको छ ।

रेलमार्गबारे छलफल गर्न आइतबार काठमाडौं आएको भारतीय प्रतिनिधिमण्डलसँग सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा नेतृत्वको नेपाली टोलीले छलफल गरिरहेको हो ।
सरकार आफैँ वा भारतीय रेल कम्पनीसँग करार गरेर रेलसेवा सञ्चालन गर्ने भन्ने विषयमा भारतीय पक्षसँग कुराकानी भएको सचिव शर्माले जानकारी दिए । रूटमा रेल सेवा सञ्चालन गर्न अरू आवश्यक प्रक्रिया पूरा सुरू गर्ने र नाकामा पाँच रेलमार्ग निर्माणबारे भारतीय पक्षसँग छलफल भएको छ ।

भारतीय विदेश मन्त्रालयका सहसचिव नाम्ग्या खम्पा नेतृत्वको टोली र नेपाली पक्षबीच विराटनगर, जनकपुर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवा नाकालाई भारतीय रेलमार्गले जोड्ने विषयमा छलफल भएको हो । दुई देशका अधिकारीहरू आयत निर्यातबाट आर्थिक वृद्धि हाँसिल गर्न नेपाल–भारत रेलको सम्पर्क बढाउनु पर्नेमा सहमत भएका छन् ।

नेपाल–भारत अन्तरदेशीय रेल सञ्जालको विकासमा भारत सरकारको समर्थन आवश्यक रहेको नेपाली पक्षको भनाइ छ । भारतीय रेल सञ्जाललाई नाकासम्म ल्याउनका लागि अवश्यक पर्ने जग्गा उपलब्ध गराउन नेपाली पक्ष सहमत छ ।

बैठकमा जयनगरदेखि जनकपुर र जोगबनीदेखि विराटनगर भन्सार यार्डसम्म रेलमार्ग निर्माणका लागि बाँकी रहेका समस्या तीन महिनाभित्र समाधान गर्न नेपाली पक्षले प्रतिबद्धता जनाएको छ । रेल सर्वेक्षण गर्न बाँकी तीन रेल लिंक न्यू जलपाईगुडी देखि काकडभिट्टा, नौतनवादेखि भैरहवा र नेपालगन्ज रोडदेखि नेपालगन्जसम्मको काम तत्काल सुरु गर्ने विषयमा दुई देशका अधिकारीबीच छलफल भएको छ ।

बैठकमा रक्सौलदेखि काठमाडौं रेल लाइनको प्रारम्भिक ईन्जिनियरिङ् र ट्राफिक सर्वेक्षणको प्रारम्भिक आँकडाको विषयमा पनि छलपलल भैरहेको जनाईको छ ।

 

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *