Breaking News

बर्षौदेखी जिर्ण रहेका सडक शिलान्यास

बर्षौदेखी जिर्ण रहेका सडक शिलान्यास
Business With Technology Pvt. Ltd.

राजविराज – बर्षौदेखि जिर्ण रहेका सप्तरीका कठौना पातो सडक कालो पत्रे गर्नका लागि शिलान्यास गरेको छ । ठेक्का पाएका बागमति भण्डार निर्माण सेवाले एक कार्यक्रम बिच सोमवार सडक निर्माणका लागि शिलान्यास गरेको हो ।
१८ किलोमिटर लम्बाई रहेको सो सडक ३० महिना भित्र बनिसक्ने परियोजनाका इन्जिनियर विकास कुमार झाले जानकारी दिए । ६० करोडको लागतमा बन्ने सो सडकभित्र ४४ वटा कलभर्ट, ७ मिटर चौडाई १८ किलोमिटर लम्बाई कालोपत्रे हुने आयोजनाका इन्जिनियर झाले बताए ।
शिलान्यास कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति किरण कुमार भगतले वर्षौ जिर्ण रहेका सडकलाई निर्माण गर्न लाग्दा ठेक्का पाएका कनट्रक्सनलाई धन्यवाद दिए । उनले यो सडक निर्माण पछि यस क्षेत्रका व्यवसाय कृषि तथा रोजगारीमा युवाहरुलाई अवसर हुने बताए ।
अध्यक्ष भगतले सडक निर्माणबाट आम सर्वसाधारण जनतालाई यातायातको पहुँच समेत हुने बताए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *