Breaking News

सप्तरी प्रिमियर लिगका लागि ४८ खेलाडी छनोट

सप्तरी प्रिमियर लिगका लागि ४८ खेलाडी छनोट

राजविारज – असार २८ देखिसप्तरीको राजविराजमा ‘मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ हुने भएको छ।

प्रतियोगिताका लागि सप्तरीमा पहिलो पटक ‘अक्सन’ का माध्यमबाट खेलाडी छनोट गरिएको छ । बोदे बर्साइन थन्डर्स, बजाज खडक वारियर्स र तिलाठी कोइलाडी हिरोजले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

अक्सनका लागि कुल १ सय ५६ खेलाडिले आवेदन दिएका थिए । ती मध्ये ४८ जनालाई ‘अक्सन’ मार्फत बिभिन्न टिमले खरिद गरेको सप्तरी क्रिकेट संघले जनाएको छ । जसमा सप्तरीका ३६ र सप्तरी बाहिरका १२ जना खेलाडी छन्।

राष्ट्रिय क्रिकेट टिममा समेत खेली सकेका मेहबुब आलमलाई तिलाठि कोईलाडी हिरोजले खरिद गरेको छ भने सिद्धान्त लोहनीलाई बोदे बर्र्साइन थन्डर्स र हासिम अन्सारीलाई बजाज खडक वारियर्सले खरिद गरेको संघका सचिव आयुष श्रेष्ठले बताए ।
सप्तरी क्रिकेट संघको आयोजनामा हुन लागेको प्रतियोगितामा प्रथम हुने टिमलाई आकर्षक पुरस्कारको ब्यवस्था गरिएको उनले जानकारी दिए।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *