Breaking News

अग्नीसाइर कृष्णासवरण गाउँपालिका : १० दिने तालिम ४ दिनमा सम्पन्न गरि बजेट झ्वाम्म

अग्नीसाइर कृष्णासवरण गाउँपालिका : १० दिने तालिम ४ दिनमा सम्पन्न गरि बजेट झ्वाम्म
Business With Technology Pvt. Ltd.

राजविराज–केही बर्ष अघि सम्म जिल्ला विकास समितिलाई असारे विकासको अड्डा तथा भ्रष्टाचारको अखाडा हो भनेर खुबै हल्ला सुनिन्थ्यो तर यस बर्ष देखि स्थानिय तह असारे विकासको अड्डा तथा भ्रष्टाचारको अखाडामा परिणत हुँदै गएको छ ।
सप्तरी जिल्लाको अग्नीसाइर कृष्णासरवरण गाउँपालिका जनप्रतिनिधीहरुलाई १० दिन दिनुपर्ने कम्प्युटर तालिम ४ दिनमा सम्पन्न गरि बजेट झ्वाम्म पारिएको छ ।
जनप्रतिनिधीहरुलाई १० दिन कम्प्युटर तालिम दिन नगरपालिकाले रु तीनलाखको बजेट विनियोजन गरेको थियो ।
तालिम दिने काम पाएका सप्तरीको महुली स्थित पशुपति कम्प्युटरले उक्त तालिम सञ्चालन गरेको र तालिममा ब्यापक भ्रष्टाचार भएको खुलासा भएको छ । जनप्रतिनिधीहरुले १० दिन लिनुपर्ने तालिम ४ दिन मात्रै लिएर १० दिनको भत्ता बुझेको श्रोतले जनाएको छ ।
भष्टाचार गर्ने उद्देश्यले नै यो तालिमको आयोजना गरिएको र त्यसमा जनप्रतिनिधीहरुले पनि सघाएको आफ्नो नाउँ उल्ल्ेख नगर्ने शर्तमा अग्नीसाईन कृष्णा सवरण गाउँपालिकाका एक कर्मचारीले बताए ।
यस सम्बन्धमा गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीसंग प्रतिक्रिया माग्दा उनले आफुहरु पटक पटक गरी १० दिन नै तालिम लिएको तर कगजी प्रक्रियामा त्रृटी रहेको प्रतिक्रिया दिए ।
गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत राजिव कुमार झाले तालिम भएको बारे आफुलाई जानकारी रहेको तर कति दिन भएको बारेमा केही जानकारी नरहेको बताए ।
तालिममा सहभागि भएका जनप्रतिनिधीहरु मध्येका एक जनप्रतिनिधीले तालिम ४ दिन मात्रै संचालन भएको र आफुहरु १० दिनकै भत्ता बुझेको स्वीकार गरे । उनले आफ्नो नाम समेत गोप्य राखिदिन आग्रह गरे ।
लक्षित वर्गको कार्यक्रममा ब्यापक भ्रष्टाचार
उक्त गाउँपालिकामा लक्षित वर्गको कार्यक्रममा ब्यापक भ्रष्टाचार भएको स्थानियहरुले बताउँदै आएका छन् । एक संस्थाका अध्यक्षका अनुसार कार्यक्रम पनि गर्नु, दैनिक भत्ता पनि दिनु र कर्मचारीलाई कमिसन पनि दिनुपरेकोले सम्झौता भएको कार्यदिन भन्दा कम कार्यक्रम सञ्चालन गर्नुपरेको हो ।
गाउँपालिकामा वडा अध्यक्ष देखी प्रशासकिय अधिकृत सम्म सबैलाई कमिसन दिनु परेको कार्यक्रम संचालन गरिरहेका संस्थाका पदाधिकारीहरु बताउछन । स्थानिय युवा नेता दिलिप कुमार मण्डल भन्छन् “ जब जन प्रतिनिहरुको तालिमनै तोकिएको समय अबधी अनुसार हुदैन भने अरु संस्थालाई निगरानी गर्ने कुनै कुरै भएन ।”
अख्तियार मौन
सप्तरीको १८ वटै स्थानिय तहमा यस्तै अवस्था छ । असार माहिनाको अन्तिम समयमा जसरी भएपनि कागजमा हिसाव मिलान गरि बजेट सिध्याउने खेल भईरहेको भएपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन छ ।

 

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *