Breaking News

अञ्चल अस्पतालमा ७६ करोड लगानीमा आधुनिक सुविधा सम्पन्न भवन निर्माण हुने :स्वास्थ्य मन्त्री यादव

अञ्चल अस्पतालमा ७६ करोड लगानीमा आधुनिक सुविधा सम्पन्न भवन निर्माण हुने :स्वास्थ्य मन्त्री यादव

राजविराज –उप–प्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सवैको साथ र सहयोगवाट मात्र विकास सम्भव रहेको वताएका छन् ।
उद्योग वाणिज्य महासंघ सप्तरीले शनिवार राजविराजमा आयोजना गरेको ‘सप्तरीको समाग्र विकास’ विषयक बृहत अन्तिरक्रिया कार्यक्रममा उनले यस्तो वताएका हुन ।
विकासका लागी समाजिक चेतना अति आवश्यक रहेको वताउँदै उनले विकास हाम्रो हो भन्ने सवैको मानसिकतामा परिवर्तन आउनु जरुरी रहेको वताए ।
सप्तरी विकासको क्रममा धेरै पछि परेकोमा चिन्ता व्यक्त गर्दै मन्त्री यादवले परम्परागत सोचलाई त्यागेर सवैलाई जिल्लाको विकासमा लाग्न आग्रह गरे ।
कसैको एक्लो प्रयासले मात्र विकास नहुने प्रष्ट पार्दै उनले विकासका निम्ति सरकार र जनता दुवै मिले मात्र विकासले गती लिने उनको भनाई थियो ।
शिक्षा विकासको महत्वपुर्ण पाटो रहेको उल्लेख गर्दै मन्त्री यादवले सप्तरीको शिक्षा क्षेत्रमा व्यापक सुधार ल्याउनु पर्नेमा जोड दिए । परिक्षामा चिठ चोराउने गलत प्रवृतीका कारण सप्तरीमा शिक्षाको गुणस्तर खुस्कीदै गएको बताए ।
स्वास्थ्य क्षेत्रको सुधारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ७६ करोडको लगानीमा आधुनिक सुविधा सम्पन्न भवन निर्माण गर्ने जानकारी गराउँदै यादवले विकसका लागि सप्तरीवासीलाई सहयोग गर्न आह्वाहन गरे ।
प्रदेश नम्वर २ का भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरीको विकासमा लागी प्रदेश सरकारले कुनै कसुर वाँकी नराख्ने वताए ।
प्रदेश सरकार सप्तरीको विकास र समृद्धि प्रति चिन्तित रहेको स्पष्ट पर्दै विकसमा सवैले चासो लिनुपर्नेमा उनले जोड दिए ।
उद्योग वाणिज्य महासंघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधानको अध्यक्षतामा आयोजित अन्तिरक्रिया कार्यक्रममा सप्तरीका स्थानिय तहका प्रमुख, उधोगी व्यावसायी, राजनैतिककर्मी संचारकर्मी, नागरिक समाज तथा विकास संग सरोकारवाला संस्था र सरकारी निकायका प्रतिनिधीहरुको सहभागी रहेको थियो ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *