Breaking News

डोजर बोकेको ट्रक नदीमा खस्दा दुई जनाको मृत्यु

Business With Technology Pvt. Ltd.

राजविराज– कोशी ब्यारेजको पुलमा जेसीबी डोजर बोकेको ट्रक बुधबार नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बराह क्षेत्र –१ चतराका का विनोद बराइली र रामधुनी–१ झुम्काका घनश्याम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मुकेश कुमार सिंहले जानकारी दिए ।
दुई मध्य एक चालक भएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख ३६५ नम्बरको ट्रक ब्यारेजको २० र २१ नम्बर ढोकामा ठोक्किँदै नदीमा खसेको थियो । ट्रक विपरित लेनमा गएर पुलबाट झरेको पाईएको छ ।
ट्रक चालक र सहयोगीलाई ट्रकमा बोकेको को १ क १०४३ नंं जेसिपीले किचेको हो । दुघर्टनामा ट्रकमा सवार ५ जना घाइते भएको थियो । जसमध्ये ३ जनालाई उपचारका लागि बिराटनगरस्थित बिराट नर्सिङ होम लगिएको प्रहरीले जनाएको छ । अन्य २ जनाको इनरुवा अस्पतालनमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *