Breaking News

भारतीय दुतावासको सहयोगमा महिला सशक्तिकरण कार्यक्रम सुरु

भारतीय दुतावासको सहयोगमा महिला सशक्तिकरण कार्यक्रम सुरु

राजविराज – नेपाल–भारत महिला मैत्री समाजको अगुवाईमा जिविकोपार्जन सुधार, महिला सशक्तिकरण तथा जनचेतना कार्यक्रम सर्लाही जिल्लाबाट सुरु भएको छ ।
भारतीय दुतावासको सहयोगमा आयोजना गरेको कार्यक्रमलाई दुतावासका मिसन उपप्रमुख डा. अजय कुमारले उदघाटन गरेका छन् । भारत सरकारले नेपालका भक्तपुर, चितवन, सर्लाही र महोत्तरी गरी जनचेतना कार्यक्रमका लागि ३१ लाख ९४ हजार नेपाली रुपैया सहयोग गरेको छ । भारत सरकारले हालसम्म सर्लाहीमा मात्र १४ करोड ७९ लाख रुपैया बराबरको आयोजनाको कामहरु सम्पन्न गराएको जनाएको छ । यस अन्तर्गत विद्यालय भवन नदी नियन्त्रण तालिम र ग्रामिण विद्युतीकरणमा सो रकम खर्चेको हो ।
त्यस्तै भारतका सिमानामा पर्ने लक्ष्मीपुर, बलरा, गढैयामा २९ करोड ८५ लाख बराबरको ५ वटा विद्यालय भवन कलभर्ट, ढलहरु निर्माण भईरहेको छ उक्त क्षेत्रमा दलितका लागि सामुदायिक केन्द्र समेत निर्माण गर्न लागेको दुतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *