Breaking News

महिलाको शंकास्पद मृत्यु, श्रीमान पक्राउ

महिलाको शंकास्पद मृत्यु, श्रीमान पक्राउ
Business With Technology Pvt. Ltd.

राजविराज – राजविराज नगरपालिका वडा नम्बर १२ को सिंगयौन टोलमा एक महिलाको शंकास्पद मृत्यु भएको छ ।

राजविराज १२ नम्बर वडा बस्ने २४ वर्षीया रेणु यादवको मृत्यु भएको हो । शनिवार राती ८ बजे प्रहरीले जानकारी पाएपछि उनको घरमा पुग्दा मृत अवस्थामा यादव रहेको प्रहरीले जनाएको छ । शवलाई परिक्षणका लागि राती नै गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल ल्याएको छ ।
घटनाको अनुसन्धान गर्नका लागि मृतक यादवको श्रीमान सन्तोष यादवलाई प्रहरीले पक्राउ गरेको एसपि मुकेश सिंहले जानकारी दिए ।
यादवकी आमा आशा देवी यादवले आफ्नो छोरीलाई उनकै परिवारजनले हत्या गरेको आरोप लगाएका छन् । सन्तोष यादवको आमा कोशिला देवी यादव र बहिनी अन्जु यादव घरबाट फरार रहेको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *