Breaking News

उपमेयर यासमिनले मनाए इद–उल–फित्र

उपमेयर यासमिनले मनाए इद–उल–फित्र

राजविराज– खडक नगरपालिकाका उपमेयर यासमिन सुलतानले इद–उल–फित्रको अवसरमा आइतवार शुभकामना आदान प्रदान गरेका छन् ।
नगरपालिकाका सम्पूर्ण जिम्मेवार पदाधिकारी तथा निर्वाचित जनप्रतिनिधिहरुलाई एक कार्यक्रमको आयोजना गरी इद–उल–फित्रको शुभकामना सन्देश दिएको हो । कार्यक्रममा नेपाली काँगेसका क्षेत्रीय सभापति किरण भगतले इद–उल–फित्र मुस्लिमहरुको ऐतिहासिक चाड रहेकोले यसलाई सरकारले सुक्ष्म रुपले हेर्नुपर्ने बताए । उनले सम्पूर्ण इद–उल–फित्र मनाउने समुदायलाई पर्वको शुभकामना दिंदै धर्म संस्कृति संरक्षणका लागि आफु र आफ्नो पार्टी हरपल अगाडी रहने बताए । अध्यक्ष भगतले नगरवासी तथा जिल्लावासीले मनाएको यो पर्वले सबैलाई रक्षा गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नगरपालिकाका मेयर हेमायु हक, ११ वटै वडाका वडा अध्यक्ष तथा सदस्यहरु, नगरपालिकाका कार्यकारी अधिकृत निरज कुमार देव, नेपाली काँग्रेसका नगर सभापति, नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *