गृह जिल्लामा प्रमुख निर्वाचन आयुक्त बहिष्कृत

गृह जिल्लामा प्रमुख निर्वाचन आयुक्त बहिष्कृत
Business With Technology Pvt. Ltd.

राजविराज – प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादव सोमबार आफ्नै गृह जिल्ला सप्तरीमा सञ्चारकर्मीहरु लगायत बाट बहिष्कृत भएका छन् । 

सबै तहको निर्वाचन सम्पन्नभएको ६ महिनापछि आयोगले राजविराजमा आयोजना गरेको राजनीतिकदल, नागरिक समाज तथा निर्वाचनमा सरोकार राख्ने व्यक्तिहरुसँग निर्वाचनकानुन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आएका यादवको कार्यक्रम बहिष्कार भएको हो ।
कार्यक्रमको उद्देश्य बताए लगत्तै उद्देश्य अनुरुप प्रमुख राजनीतिक दल, सञ्चारकर्मी,मानवअधिकारकर्मी,नागरिकसमाज,कानुनव्यवसायीहरुको अनुपस्थिती प्रति प्रमुख निर्वाचन आयुक्त यादवलाई ध्यानाकर्षण गराउँदा उनी गैरजिम्मेवार रुपमा प्रस्तुत भएपछि सञ्चारकर्मीहरुले कार्यक्रम बहिष्कार गरेका हुन् ।सप्तरी वासी डा. यादवले उक्त कार्यक्रम जनकपुरबाट राजविराजल्याएको भन्दै सबैलाई कार्यक्रममा बस्न आग्रह गरे । तर प्रमुख राजनीतिकदल, सञ्चारकर्मी र नागरिक समाजलाई उपेक्षा गरेको भन्दै सञ्चारकर्मीहरुले कार्यक्रमबहिष्कार गरे ।

कार्यक्रममा प्रमुख राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा), प्रमुख प्रतिपक्ष नेपालीकाँगे्रस, संघीय समाजवादीफोरम नेपाल र राजपा नेपालका जिल्ला नेताहरुको उपस्थिती रहेको छैन् ।
कार्यक्रममा भने काँग्रेस माविलयभइसकेको फोरम लोकतान्त्रिकका भोगेन्द्र चौधरी, राजपामा विलयभइसकेको थरुहट तराई पार्टीका पूर्णप्रसादचौधरी, एमालेमाप्रवेश गरिसकेकाआकाशयादव, माओवादीप्रवेश गरी प्रदेश सभा सदस्यमाउम्मेदवार बनेक ासकिल अलीलगायतको उपस्थिती रहेपनिमुख्य राजनीतिक दलका कोहीउपस्थित छैनन् ।
उपस्थितभएकाहरुले निर्वाचनकार्यालयले व्यक्तिगतफोन गरेर बोलाएकोले चुनाव सम्बन्धी छलफल भन्ने लागेर सहभागी हुन आएको तर पार्टी प्रतिनिधित्वको हिसाबले बोलाएको कुरा कार्यक्रममा आएपछि मात्रथाहा पाएपछि अप्ठ्यारो परेको सकिलअलीले बताए ।
नागरिक समाजकाअध्यक्ष थानसिंह भन्सालीले बिलय भइसकेको र अस्तित्वमै नरहेको राजनीतिक दलको प्रतिनिधित्व थाहा पाएपछि कार्यक्रममाजानुको औचित्य नरहेकोभन्दै कार्यक्रममा अनुपस्थित रहेकोबताए ।
प्रमुखनिर्वाचनआयुक्तको उपस्थितीमा यस अघि हुने गरेकाकार्यक्रमहरुमाडा. यादवकै विशेष निर्देशनमा निर्वाचनकार्यालयले सञ्चारकर्मीहरुको बाक्लो उपस्थिती गराउने गरेको थियो । यसपटक पाँचजना सञ्चारकर्मीलाई मात्र सहभागिता गराउनआयोगको निर्देशनबमोजिमसञ्चारकर्मी बोलाउने जिम्मा नेपालपत्रकार महासंघशाखा सप्तरीलाई लगाएको जिल्लानिर्वाचनकार्यालय प्रमुख दिलिपयादवले बताए ।
कार्यक्रममाजिल्लान्यायाधीश हरिश्चन्द्र ढुंगाना, प्रमुखजिल्लाअधिकारी सुरेन्द्र पौडेल, सप्तरीकाप्रहरी प्रमुख मुकेशकुमार सिंह, राष्ट्रिय अनुसन्धानकार्यालयकाउपनिर्देशक देवराजलिम्बु र सशस्त्रप्रहरी सिमा सुरक्षाकार्यालयकाप्रमुखको भने उपस्थिती रहेको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *