मधेशी पत्रकार समाज सप्तरीको अध्यक्षमा रामअधिन

मधेशी पत्रकार समाज सप्तरीको अध्यक्षमा रामअधिन

राजविराज— मधेशी पत्रकार समाज नेपाल सप्तरीको अध्यक्षमा रामअधिन साह सर्वसम्म्तिले निर्वाचित भएको छ ।
शनिवार राजविराजमा सम्पन्न तेश्रो जिल्ला अधिवेशनबाट अध्यक्ष साहको नेतृत्वमा १३ सदस्य कार्यसमिति सर्वसम्मतिले निर्वाचित भएको हो ।
सो कार्यसमितिको उपाध्यक्षमा चन्दन कुमार यादव, सचिवमा शैलेश कर्ण, सहसचिवमा भुपेन्द्र मण्डल र कोषाध्यक्षमा जिवछ दास निर्वाचित भएको छ भने सदस्यहरुमा पंकज झा, गंगा प्रसाद साह, अनिल इसर, प्रिति अधिकारी, मनोज मेहता, महेन्द्र सदा, अनवर अलि, लोकेन्द्र यादव  निर्वाचित भएको छ ।
त्यसैगरी पार्षदहरुमा सतिशकुमार दत्त, श्रवण देव, संजीवविक्रम साह, विनय कर्ण, शुभचन्द्र झा, नरेश चौधरी, शैलेन्द्रप्रसाद सिंह, गणेश लाल देव, आनेन्द्र यादव, निरज मण्डल, सुधा देव र अरुण तिवारी चयन भएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि प्रदेश नं. २ का कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेशका पत्रकारहरुको लागि विशेष योजना ल्याइने बताउंदै सरकारलाई सबैले सहयोग गर्न आग्रह गरे ।
शैलेन्द्र प्रसाद सिंहको अध्यक्षतामा सम्पन्न सो उद्घाटन सत्र कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीय तथा राष्ट्रिय मिडियाका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *