Breaking News

पर्यटकको उद्धारको नाममा ठगीधन्दा

पर्यटकको उद्धारको नाममा ठगीधन्दा
Business With Technology Pvt. Ltd.

काठमाडौं– हिमाल आरोहण तथा ट्रेकिङमा जाने पर्यटकहरुलाई बिरामी बनाई उद्धारका नाममा हुँदै आएको ठगीको सरकारले छानबिन थालेको छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार यस्ता घटनाको छानबिनका लागि एक समिति गठन गरेको छ।

  सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा छानिबन समिति गठन भएको हो। समितिको सदस्यहरुमा पर्यटन विभागका महानिर्देशक, नेपाल प्रहरीका डिआइजी मनोज न्यौपाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुभाष झा र मन्त्रालयका उपसचिव प्रकाश शर्मा ढकाल छन्।

नेपालका केही पर्यटन व्यवसायीहरुले बिमा रकमका लागि पर्यटकलाई नियमतबश बिरामी बनाई उद्धार र उपचारका नाममा  ठगी गर्दछन्। जसले गर्दा पर्यटन क्षेत्र नै बदनाम भएपछि सरकारले छानबिन थालेको हो। नेपालमा फर्जि काम हुन थालेपछि बिमा कम्पनीहरुले नेपाल आउने पर्यटकको ट्राभल इन्स्योरेन्सको प्रिमियम समेत बढाएका थिए।

कसरी हुन्छ ठगी ? 
बिदेशी पर्यटकहरु भ्रमण बिमा गरेर नेपाल आउँछन्। यसरी घुम्न आउँदा केही गरी बिरामी परेमा उपचारबापतको सबै रकम उनीहरुले बिमा कम्पनीमार्फत रकम पाउँछन्।

 हिमाली क्षेत्रमा घुमाउन लैजाने केही ट्रेकिङ व्यवसायीहरुले पर्यटकलाई खानामा अखाद्य पदार्थ खान दिई बिरामी बनाउने गर्दछन्। ‘धेरैले पखाला लाग्ने गरी बिरामी बनाउँछन्,’ एक ट्रेकिङ गाइड भन्छन्,‘पर्यटकले थाहा नपाउने गरी खानामा कानेगुजी मिसाउने गरिन्छ।’

व्यापार धेरै हुने भएकाले यसमा हेलिकप्टर कम्पनीहरुको स्वार्थ हुने गरेको छ। उद्धारका खबर गर्ने ट्रेकिङ गाइडलाई हेलिकप्टर कम्पनीले कमिसन दिने गर्दछन्। त्यस्तै हेलिकप्टर सञ्चालकहरुको अस्तपालसम्म सेटिङ हुने गरेको छ। प्राय एउटै अस्पतालमा उनीहरुले लैजाने गर्दछन्।

नेपाल घुम्न भनेर आउने पर्यटकलाई यसरी बिरामी भएपछि उनीहरु निराश भएर फर्कने गरेका छन्।

नेपालका हिमाली जिल्लाहरुमा घुम्न गएर बिरामी पर्नेमध्ये धेरै पर्यटकहरुको फुड प्वाइजन तथा पखालाका कारण हेलिकप्टरमार्फत उद्धार हुने गरेको छ। जून योजनाबद्ध हुने गरेको छ।

यसले गर्दा नेपालको पर्यटन क्षेत्रको विश्वमा बदनाम हुँदै गएको छ। यससम्बन्धि उजुरीहरु आएपछि पर्यटनमन्त्री रबिन्द्र अधिकारीले छानबिन थालेका हुन्।

कतिसम्म हुन्छ भने विदेशको नागरिकता पाइसकेका नेपालीहरुलाई नेपाल घुम्न बोलाएर बिरामी भएको नाटक गर्न लगाएर हेलिकप्टरमार्फत उद्धार गरेर समेत ठगी गर्ने समूह समेत सक्रिय छ। यस्तो ट्राभल बिमा बिदेशी नागरिकको मात्र हुने भएकाले बिदेशको नागरिकता लिइसकेका चिनजानकै व्यक्तिहरुलाई घुम्न बोलाएर समेत ठगी हुने गरेको छ। खर्च भएको भन्दा धेरै बिल बनाउने र बिमा दाबी गरेर  ठगी हुने गरेको छ।

यस्तो छानिबनले पर्यटन क्षेत्रको बिकृती हटाउन सहयोग पुग्ने ट्रेकिङ एजेन्सी एशोसियन अफ नेपाल(टान)का अध्यक्ष नवराज दाहाल बताउँछन्।

ठगी गरेको खुलेमा उनीहरुलाई ठगी मुद्दामा कारबाही गरिने पर्यटन मन्त्रालयका एक अधिकारीले बताए।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *