जनतालाई सड्कमा जानको लागि तयार रहन सभापती यादवको आग्रह

जनतालाई सड्कमा जानको लागि तयार रहन सभापती यादवको आग्रह
Business With Technology Pvt. Ltd.

राजविराज – नेपाली काँग्रेसका जिल्ला सभापति दिनेश यादवले संविधान संशोधन गर्दा कुनै पनि त्रुटि देखिएमा जनता सडक ओर्लिने बताएका छन् । उनले आन्दोलनका लागि कार्यकर्तालाई तयार भएर बस्न समेत आग्रह गरेको छ ।

नेपाली काँग्रेस शम्भुनाथ नगरपालिका नगर समितिले सोमवार आयोजना गरेको कार्यकर्ता भेला तथा आ.व. २०७५÷०७६ को नगरपालिकाको भावी कार्ययोजना वारे छलफल कार्यक्रममा बोल्द सभापति यादवले संघीय समाजवादी फोरम नेपालका नेपाल कम्युनिष्ट पार्टीमा विलय हुने सम्भावना बढिरेहेको बताए ।
उनले वर्तमान सरकारले बहुमतबाट राष्ट्रपति पद्धति स्थापित गर्न खोजे नेपाली काँग्रेस विरोध गर्ने चेतावनी समेत दिए ।उनले राजपा र फोरम पार्टीका कार्यकर्ताहरुमा मधेशवादी पार्टी रहने कि नरहने भन्ने कार्यकर्ताहरुमा विचलन आइसकेको बताए ।

सो कार्यक्रममा नेपाली काँग्रेस सप्तरीका पूर्व सचिव सवुरलाल साहले शम्भुनाथ नगरपालिकाको आ.व. २०७४÷०७५ को बजेट कमिशन मैत्री बजेट भएको बताएका छन् । उनले आगामी बजेट विकास मुखी बजेट बनाउन सबै जनप्रतिनिधिहरु सँग आग्रह गरे । साहले आगामी बजेटमा शिक्षा, कृषि, मानव साधन, अपाङ्ग, दलितको लागि प्रक्रिया विधि सम्वत गर्नुपर्ने बताए ।

शम्भुनाथ नगरपालिकामा चारको माध्यमिक विद्यालय मध्ये मा.वि. कुशहामा एउटा शिक्षकको मात्र दरवन्दी रहेको र मा.वि. रामपुर जमुवामा मावि शिक्षकको दरवन्दी नै हाल सम्म नरहेकोले नगरप्रतिको ध्यान शिक्षा प्रति केन्द्रित हुन समेत नेता साहले आग्रह गरे । क्षेत्र नम्बर ३ (क) का प्रदेश सभासद मो. समिमले २ नम्बर प्रदेश अन्यौलमा रहेको र कुनै पनि प्रदेश सरकार मातहत नरहेकोले केही सहयोग गर्न यस वर्ष जनतालाई केही सहयोग गर्न नसक्ने बताए ।
उनले भने– आफ्नो क्षेत्र विकास गर्न केन्द्रिय बजेटबाट शम्भुनाथ नगरमा विकास गर्छु । नेपाली काँग्रेस शम्भुनाथ नगर समितिका सभापति सुरेन्द्र प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न नगर स्तरीय कार्यकर्ता छलफलमा नेपाली काँग्रेस नेता छेदी चौधरी, शम्भुनाथ नगरपालिकाका उप–प्रमुख कविता सरदार, वडा नम्बर २ का वडा अध्यक्ष दुर्गानन्द भगत, वडा नम्बर ८ का वडा अध्यक्ष लक्ष्मीकान्त चौधरी, वडा नम्बर ९ का वडा अध्यक्ष मनोज कुमार चौधरी, वडा नम्बर ११ का वडा अध्यक्ष शम्भु प्रसाद चौधरी, वडा सदस्य सुनिता चौधरी, दनाय सदाय, खुशीलाल दास, प्रभु नारायण चौधरी लगायतले शम्भुनाथ नगरपालिका विकासीय बजेट हुनुपर्ने धारणा राखेका थिए, भने कार्यक्रम संचालन शम्भुनाथ नगर विकास समितिका संयोजक विरेन्द्र पंडितले गरेका थिए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *