मधेशको समस्या काँग्रेसले सम्बोधन गर्नेः नेता झा

मधेशको समस्या काँग्रेसले सम्बोधन गर्नेः नेता झा

राजविराज । नेपाली काँग्रेसका नेता बिवेकानन्द झाले सप्तरी क्षेत्र नं. ४ मा काँग्रेसको अवस्था नराम्रो अवस्था भएपनि सम्मान जनक मत पाएको बताएका छन् ।
माईसंचार सँग कुरा गर्दै नेता झाले बोदेबर्साइन नगरपालिका र बलान बिहुल गाउँपालिकामा हाम्रा प्रतिनिधि नजिते पनि जनताले पार्टीलाई माया गरेर मत दिएको प्रति आभार समेत व्यक्त गरे । उनले काँग्रेसले देशको ठुलो परिवर्तनको अगुवाई गरेकाले यो हारले कुनै असर नगर्ने बताए । उनले काँग्रेस एउटै चुनाव हार्दैमा कसैले निरास हुनुको आवश्यकता नरहेको बताए । नेता झाले काँग्रेसको गुटबन्दीका कारण मधेशको अधिकांश ठाउँमा हार व्यहोर्नु परेको बताए । उनले जिल्लाका हरेक नेता कार्यकर्ताहरुले पार्टी निमार्ण कार्यलाई अगाडी बढाइरहेको बताए ।
झाले सबै क्षेत्रमा रहेका गुट उपगुट एकै ठाउँमा आएर काम गरे सजिलो हुन्छ तर घर परिवार भित्र पनि सल्लाह लिई काम नगरेर गा¥हो हुन्छ, नेपाली काँग्रेसमा पनि अब सबै एक भएर अगाडी बढन आग्रह गरे । नेपाली काँग्रेस भित्र विगतमा केही कमि कमजोरी भएकोलाई सुधार गरेर अगाडी बढन सबै जिल्ला तहका नेतासँग आग्रह गरे । उनले भने मधेशको समस्या समाधान गर्ने पार्टी काँग्रेस नै भएका कारण जनताले अबको दिनमा यस पार्टीलाई माया गर्ने विश्वास व्यक्त गरे । सबै पार्टीहरु आ आफ्नै स्वार्थमा लागेका कारण विगतका दिनमा क्षमतावान र विकासिय कामलाई तिब्रता दिन सक्ने जनप्रतिनिधिहरु चयन गर्न समेत सुझाव दिए । उनले जिल्ला सभापति दिनेश यादव र क्षेत्र नं. ४ का क्षेत्रीय सभापतिहरु किरण भगत र जितेन्द्र यादवले पार्टीको सुदृढिकरणका लागि अभियान चलाईसकेकाले सबै कार्यकर्तालाई साथ दिन आग्रह समेत गरे ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *