हत्या गरि फरार भएका व्यक्ति पक्राउ

हत्या गरि फरार भएका व्यक्ति पक्राउ
Business With Technology Pvt. Ltd.

राजविराज । गत बैशाख २५ गते सप्तरीको शम्भुनाथ नगरपालिकामा भतिजाको हत्या गरि फरार भएका व्यक्ति पक्राउ परेका छन् । 

वैवाहिक कार्यक्रम चलिरहँदा मोटरसाइकल पार्किङ गर्ने क्रममा विवाद चर्किएपछि शम्भुनाथ नगरपालिका ७ का ३० वर्षिय अजय चौधरीको टाउँकोमा हतौडाले प्रहार गरि फरार भएका सोही वडा निवासी नाताले उनको काका पर्ने २० वर्षिय आनन्द चौधरी घटनाको ७२ घण्टापछि पक्राउ परेका हुन् ।
घटना लगत्तै प्रहरीले खोजतलास तिब्र बनाएपछि लहानमा लुकेर बसेको अवस्थामा चँौधरीलाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धान कार्य सकिएपछि मात्र प्रहरीले उनलाई सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
अनुसन्धानको क्रममा विवाह स्थल नजिकै मोटरसाइकल पार्किङ गर्ने विषयमा काका भतिजाबीच विवाद हुँदा आनन्दले नै आवेषमा आएर हतौडा प्रहार गरि भतिजा अजयको हत्या गरेको खुलेको हो ।
“उनले प्रारम्भिक बयानमै आफैले हत्या गरेको स्विकारेका छन् ।” पत्रकार सम्मेलनमा एसपी मुकेश कुमार सिंहले भने, “हत्यामा प्रयोग गरेको हतौडा लुकाएको ठाउँबाट बरामद गरि सबुत प्रमाण संकलन गरेका छौं ।”
घटनास्थलमा पटक पटकको अनुसन्धान र अनुगमनपछि अभियुक्तको पहिचान सम्भव भएको फरार अभियुक्त खोजी टोलीको नेतृत्व गरेका प्रहरी निरिक्षक हरि विष्णु ढकालले बताए । प्रहरीका अनुसार गत बैशाख २५ गते अजयको बहिनीको बैवाहिक कार्यक्रममा सरिक भएका आनन्द अत्याधिक मदिरा सेवन गरेका थिए । बैवाहिक स्थल अगाडी नै मोटरसाइकल पार्किङ गर्न खोज्दा भतिजा अजयसँग उनको विवाद चर्किएको थियो । त्यतिबेला विवाहमा सरिक भएका आफन्तजनले विवाद थामथुम पारे पनि एका बिहानै फर्केर आएका आनन्दले सुतिरहेका अवस्थामा भतिजा अजयको टाउँकोमा हतौडा प्रहार गरि हत्या गरेका थिए । त्यसपछि आनन्द लहानमा गई लुकेर बसेका थिए ।
पक्राउ परेका चौधरीलाई अदालतबाट म्याद थप गराई कर्तव्य ज्यान मुद्दा अन्तरगत कारवाही प्रक्रिया सुरु गरिएको एसपी सिंहले बताए ।
सोही पत्रकार सम्मेलनमा प्रहरीले लागु औषधसहित अघिल्लो दिन पक्राउ परेका कृष्णा सवरण गाउँपालिका २ का २४ वर्षिय गुलशन चौधरी र शम्भुनाथ नगरपालिका २ का २६ वर्षिय रामकुमार चौधरी तथा मोटरसाइकल चोरीको अभियोगमा पक्राउ परेका हनुमाननगर कंकालिनी नगरपालिका १ का २२ वर्षिय शम्भु राम र विष्णुपुर गाउँपालिका १ का २४ वर्षिय परमेश्वर यादवलाई पनि सार्वजनिक गरेको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *